| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • हैजा महामारीविरुद्धको औषधि पर्सामा दिन थालियो

    वीरगञ्ज,(पर्सा)/हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियान आजदेखि पर्सामा सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले आज प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई औषधि खुवाएर सुरुआत गरिएको हो । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमले हैजा महामारीविरुद्धको औषधि पर्साका एक वर्ष उमेर माथिका सबैलाई खुवाउनका लागि अनुरोध गर्नुभयो । “पर्सामा हैजाको महामारी र वर्षापछिको…

    Read More
  • यस्तो छ तीन चलचित्रको व्यापार

    काठमाडौँ/दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय…

    Read More
  • जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

    काठमाडौँ/जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गर्नुभएको हो । संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव…

    Read More
  • सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला

    देउखुरी,(दाङ)/पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उहाँ जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुनुहुन्छ । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उहाँले…

    Read More
  • यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

    घोडेपानी,(म्याग्दी)/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको…

    Read More
  • इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भनेः यो महान् दिन हो

    वासिङ्टन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्। उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्। ‘यो अरब र मुस्लिम विश्वका लागि,…

    Read More
  • डबल फेसः पर्दा पछाडि लतको व्यापार!

    नेपालको खाद्य बजारमा लोकप्रिय बनेको करेन्ट चाउचाउ अहिले पुनः विवादको केन्द्रमा छ। कोभिड–१९ पछि कोरियन रामेनको आयात अवरुद्ध हुँदा यशोदा फुड्स प्रा.लि. ले सस्तो मूल्यमा कोरियनजस्तै स्वाद दिने ‘करेन्ट नुडल्स’ बजारमा ल्यायो, जसले युवापुस्तामाझ असाधारण लोकप्रियता पायो। तर अब खुलासा भएको छ — करेन्ट र भोला गुट्खा उत्पादन गर्ने श्रीराम टोब्याक्को उद्योग प्रा.लि. र करेन्ट…

    Read More
  • हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ: महेश बस्नेत

    काठमाडौं/नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् । ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द…

    Read More
  • सिंहदरबार जलिरहँदा महानगर चुप थिएनः बालेन

    काठमाडौं/काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा भएको आगलागीमा महानगरको दमकलले भूमिका नखेलेको भन्दै आफूमाथि लगाइएका आरोपहरूको खण्डन गरेका छन्। मंगलबार साँझ एक लामो सामाजिक सञ्जाल स्टाटस लेख्दै उनले अराजक परिस्थितिका बीच पनि महानगरको टोलीले ज्यानको जोखिम मोलेर ५५ भन्दा बढी स्थानमा आगो निभाएको विस्तृत विवरण सार्वजनिक गरेका हुन्। ‘यत्रो सिंहदरबार जल्दा काठमाडौं…

    Read More
  • सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक जारि

    काठमाडौं/सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुशीला कार्कीको अध्यक्षतामा जारि रहेको छ। बैठकले विपद् प्रभावितको राहत कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्थालगायत विषयमा महत्वपूर्ण निर्णय हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए ।

    Read More