नेपाल बन्दको पुर्बसन्ध्यामा नवलपुरस्थित विनोद चौधरीको उद्योगमा शक्तिशाली बम विस्फोट

 

                                                                                                    फाइल तस्वीर
नवलपुर : नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको प्रतिबन्धित नेकपाले नवलपुरको देवचुलि नगरपालिकास्थित दुम्कौलिमा रहेको विनोद चौधरीद्वारा सञ्चालित चौधरी ग्रुप अन्तर्राष्ट्रिय पार्क ९चौधरी उद्योग ग्राम०को मुख्य प्रवेशद्वार नजिकै शक्तिशाली बम विस्फोट गराएको छ ।

साझ ५ बजेतिरको समयमा गेटनजिकै ठूलो आवाज सहित निकै शक्तिशाली बम बिष्फोट भएको थियो । विस्फोटले नजिकैको पर्खाल र वरिपरि क्षति गराएको छ । विस्फोट चौधरी उद्योग लक्षित भएको हुनसक्ने स्थानीयको आशंका छ । यसअगाडि पनि उब्त उद्योग लक्षित बिस्फोट भएको थियो ।

भोलि बैशाख ५गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आयोजना गरेको छ, सो घटनालाई बन्दसग सम्बन्धित रहन सक्ने अडकलबाजी गरिएको पनि छ । बिष्फोटबाट मानवीय क्षतिभने भने नभएको स्थानिय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।