हिंसाको बाटो त्यागेर वार्तामा आउन विप्लवलाई गृहमन्त्री थापाको आग्रह

हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई हिंसाको बाटो त्यागेर वार्तामा आउन आग्रह गरेका छन् । हिंसाले कसैलाई पनि राम्रो नगर्ने भन्दै गृहमन्त्री थापाले वार्ताको विकल्प नरहेको बताएका हुन् ।

प्रदेश नम्बर तीनको हेटौंडामा गृहमन्त्रालयद्वारा आयोजित शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन गर्दै गृहमन्त्री थापाले भने, संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई सरकारले नियन्त्रणमा लिएरै छाड्ने भन्दैं सरकार शान्ती सु्रक्षाका क्षेत्रमा संवेदनसिल भएर अघि बढ्दा देखा पर्ने समस्यालाइ चिरेर जाने बताए ।

१३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पदाधिकारी लगायतको सहभागिता रहेको उक्त गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले प्रहरी सम्बन्धी नयाँ ऐन नबनेकाले सरकारले पुरानै ऐन मार्फत शान्ति सुरक्षाको काम अघि बढाईरहेको बताए।