बैशाख ५ गते नेपाल बन्द, ६ गतेबाट प्रधानमन्त्री ओली जाने स्थानमा बन्द (बिज्ञाप्ती सहित)

सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ ।
त्यस्तै, विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली जहाँ जान्छन त्यहि स्थानमा बन्द गर्ने घोषणा गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो ।आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो समूहले यसअघि नै घोषणा गरेको हो । सरकारले आफुहरुको कार्यक्रमलाई अंकुश लगाई दमन गर्न खोजेको बिरोध गर्दै उनिहरुले बन्द घोषणा गरेका हुन्। सरकारले फागुण २८ गते राती देखी विप्लवको कार्यक्रम बन्द गराई ३५ दिन भित्रमा आत्मासमर्पण गर्न आदेश दिएको थियो।

विप्लवले बिबिध प्रचारात्मक कार्यक्रमसहित ५ गते नेपाल बन्द र बैशाख ६ गते देखी प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुने देशका विभिन्न भागहरुमा बन्दको आह्वान गरेको छ।