| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कृषि/पर्यटन

    कागतीले बजार नपाउँदा देवघाटका किसान निराश

    दमौली,(तनहुँ)/तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुभएको छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उहाँले बताउनुभयो । मल्लले भन्नुभयो, “बारीसम्म गाडी पुग्ने…

    Read More
  • कृषि मन्त्रालयले भन्योः देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

    काठमाडौँ/यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो…

    Read More
  • युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी छ : अध्यक्ष दाहाल

    काठमाडौँ/राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि क्षेत्रमा ल्यााउन राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजित ‘प्रथम यः वा किसान मञ्चः युवा किसान व्याम्प तथा कृषि ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा युवाको आकर्षण बढाउन सरकारले विभिन्न प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रको विकास गरी…

    Read More
  • तरकारी खेतीबाटै टोलकै महिला आत्मनिर्भर

    टीकापुर/टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन् । दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन् । आज भोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन् । महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन्…

    Read More
  • साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

    काठमाडौँ/सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै आगामी साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले यही असार ३० गतेदेखि आगामी…

    Read More
  • कृषि/पर्यटन

    कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो

    इनरुवा,(सुनसरी)/जिल्लामा पछिल्लो समय कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो छ । यान्त्रीकरणसँगै लागत घट्दा किसान लाभान्वित हुन थालेका छन् । धान रोप्न, काट्न, दाउनी गर्न, मकै छर्न, तरकारीखेती गर्न र मकै दाउनी गर्न यान्त्रिकरण बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । कृषि उपकरण महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको…

    Read More
  • कृषि/पर्यटन

    कृषिको आधुनिकीकरणमार्फत कृषकको जीवन उकास्नुपर्छः मन्त्री अधिकारी

    चितवन/कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषकको जीवनस्तर उकास्नका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडको रजतजयन्ती समारोहमा कृषकको अवस्था सुधारका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “कृषि क्षेत्रलाई स्थापित गर्न सके नेपाली युवाहरू विदेशिनबाट रोक्न…

    Read More
  • माछापालनमा जमेका चितवनका किसान हरि,जसले वार्षिक डेढ करोड आम्दानी गर्छन

    भरतपुर,(चितवन)/चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गर्नुभयो । पछि राम्रो हुँदै गएपछि उहाँले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाल्नुभयो । अहिले, चार…

    Read More
  • कृषि/पर्यटन

    भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग

    जोमसोम,(मुस्ताङ)/कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका-४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहनुभएको छ । करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एण्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उहाँले दुई वर्षदखि स्याउका बिरुवा उत्पदान गरिरहनुभएको हो । साढे दुई दशकबढी भारतमा स्याउ फार्ममा मजदुरका रूपमा सिकेको…

    Read More
  • कृषि/पर्यटन

    चितवनका तीन पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम

    चितवन/जिल्लाका तीन पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तरगत व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरेको हो । जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनको १२ हेक्टर क्षेत्रफलमा कार्यक्रम लागू गरिएको…

    Read More