Breaking News
 | 
  • चितवनको भण्डारामा एक महिलाको हत्या

    सुर्य बराल / चितवन,माघ १५ / चितवनको भण्डारामा गएराती एक महिलाको हत्या भएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ मुडाभार बस्ने ५० बर्षिय रुपा थापाको सोमबार राती हत्या भएको हो । घरमा एक्लै भएको अवस्थामा उहाँको हतियार प्रयोग गरेर हत्या गरिएको स्थानियले जानकारी दिएका छन् । विहान अवेरसम्म घरबाट बाहिर ननिस्केपछि स्थानियले ढोका खोलेर…

    Read More
  • निशुल्क मुटु परीक्षण शिविर

    चितवन, १५ माघ/मुटुका बिरामीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाको आयोजनामा निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । चितवन, नवलपुर र तनहूँका विभिन्न पाँच स्थानमा सञ्चालन हुने शिविर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ बाट सुरुआत गरिएको छ । नेशनल हर्ट हण्ड लंग्स् सोसाइटी, हर्ट फण्ड नेपाल, चेक हर्ट फाउन्डेशन युरोपको आयोजनामा सञ्चालन भएको शिविरमा पाँच…

    Read More
  • चालू आवको ६ महिना मै चार करोड राजस्व संकलन ।

    प्रनिश थापा , चितवन , १३ माघ । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष ०७५्०७६ को ६ महिनामा करिब साँढे चार करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार करोड ४२ लाख २९ हजार ४६८ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलका अनुसार सबैभन्दा…

    Read More
  • खेलकुदलाई पहिलो प्राथमिकतामा राख्छौँ : नगर प्रमुख पौडेल

    आनन्द पोखरेल/नवलपुर, १२ माघ/गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा नियमावली बनाउने बताएका छन् । संघ र प्रदेशले शिक्षा नियमावली निर्माण गरेपछि नगरमा बनाउने शिक्षा नियमावलीमा खेलकुदको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नियमावली बनाउने पौडेलले बताए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा आज आयोजना गरिएको पाँचौँ जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता एवम्…

    Read More
  • कराँते प्रतियोगितामा पहिलो भएको नेपाली टोली सम्मानित ।

    चितवन । भारतको गोवामा आयोजित प्रथम अन्तर्रा्ष्ट्रिय समुन्द्रीत युद्धकला खेल अन्तर्गत गोजु–रियो कराँते प्रतियोगितामा पहिलो भएको नेपाली टोलीलाई आज चितवनमा सम्मान गरिएको छ । चितवनको मङ्गलपुरमा रहेको जापान गोजु–रियो कराँते डो केन्वाकाई शाखाबाट प्रतियोगितामा सहभागी खेलाडीहरु सम्मानित भएका हुन् । सात देशका ३५० खेलाडी सहभागी भएको खेलमा १० स्वर्णसहित १७ पदक प्राप्त गर्दै नेपाल पहिलो…

    Read More
  • रत्ननगर नगरपालिकाभित्र बालगृहहरुको अनुगमन

      चितवन/ रत्ननगर नगरपालिकाले यहाँको नगरभित्र रहेका बालगृहहरुको अनुगमन सुरु गरेको छ । नगरभित्र रहेका बालगृहको अवस्थाबारे जानकारी लिने उद्देश्यले नगरपालिकाले अनुगमन सुरु गरेको हो । पहिलो दिन वडा नम्बर २ स्थित सानो घर र वडा नम्बर १५ स्थित कृपा नेपालमा अनुगमन गरेको नगरपालिकाले दुई संस्थामध्ये सानो घरले मापदण्डमा सुधार गर्नुपर्ने देखिएको प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले…

    Read More
  • डा. केसीको माग सम्बोधन हुनुपर्ने माग सहित चितवनमा प्रदर्शन

    प्रनिश थापा, चितवन , १० माघ । अनशनररत डा. गोविन्द केसीले राख्नुभएको माग तत्काल सम्बोधन हुनुपर्ने माग राख्दै चितवनमा बुधबार साँझ तीन जना युवायुवतीहरुको प्रदर्शन भएको छ । भरतपुरको चौबीसकोठीमा भएको प्रदर्शनमा केसीसंँग गरिएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । डा. केसीको इलाममा अनशन सुरु भएदेखि नै लगातार साँझ ३० मिनेट अनशन नतोडिएसम्म…

    Read More
  • प्रनिश थापा , चितवन , १० माघ । चितवनमा डेढ लाख मानिसमा कुनै न कुनै मानसिक समस्या रहेको पाइएको छ । आठ वर्षदेखि टीपीओ नेपालले प्राइम कार्यक्रमअन्तर्गत चितवन जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा मानसिक समस्याको अध्ययन, अनुसन्धान र उपचार गर्दा निकालेको तथ्यांकअनुसार चितवनका डेढ लाख मानिस अर्थात् जम्मा जनसंख्याको २० प्रतिशतमा कुनै न कुनै मानसिक समस्या…

    Read More
  • बर्दीको आडमा गुण्डागर्दी र चोरी

    सुर्य बराल /समिर मल्ल सिंह चितवन / प्रहरी नागरिकको सुरक्षा गर्ने राज्यको एक सुरक्षा संयन्त्र, नेपाल प्रहरीमा आबद्ध सदस्य राज्यले तलब, भत्ता सेवा–सुविधा दिई खटाएको सैन्यतालिम प्राप्त कर्मचारी देशको सम्पत्ति र नागरिकको सुरक्षाको जिम्वेवारी प्राप्त निकाय नेपाल प्रहरीको एक ओहदा प्राप्त ब्यक्ति÷तिनै ब्यक्तिहरु गुण्डागर्दी र चोरीमा संम्लग्न भन्दा आश्चार्य लाग्न सक्ला ! तर यहाँ यस्तै…

    Read More
  • बिप्लव माओवादीले लगाएको काँडेतार चितवन प्रहरीले हटायो

     चितवन , ९ माघ । बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले मंंगलबार पश्चिम् चितवनको माडी नगरपालिकास्थित मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा लगाइएको काँडेतार चितवन प्रहरीले हटाइएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको थियो । भारतले चितवनको…

    Read More