दोस्रो माडी मेयर कप फुटवल फागुन ६ गतेबाट

चितवन । फागुन ३

माडीमा यही फागुन ६ गतेबाट दोस्रो माडी मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । यस विषयमा शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

कुल १४ वटा टिम सहभागी हुने यस प्रतियोगिताको विजयी टिमले नगद १ लाख १ हजार १ सय ११ पाउनेछ । त्यस्तै उपविजेता टिमले ५१ हजार १ सय ११ र सान्त्वना हुने दुइ टिमले १० हजारका दरले नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक कृष्णप्रसाद महतोले जानकारी दिए । प्रतियोगिता सात उत्कृष्ट खेलाडी र टिमलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

खेल माडी स्थित बरुवा खेल मैदानमा हुने आयोजक माडी युवा खेलकुद तथा सांस्कृतिक समूह रहेको छ । प्रतियोगितामा माडीकै स्थायी वासिन्दा भएका खेलाडीका साथै एउटा टिममा वढीमा ४ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था रहेको संयोजक महतोले बताए । खेलहरु नक आउट चरणका आधारमा खेलाइने उनले बताए । खेलको मुख्य प्रायोजक माडी नगरपालिका रहेको छ । अन्य सहयोगीहरुमा सेन्ट्रल कलेज नारायणगढ, माडी ज्वेलर्स, लोहनी कन्स्ट्रकसन र प्रिति चाउचाउ रहेका छन् ।