नेबिसंघ चितवनमा तीन अध्यक्ष, आधिकारिक अध्यक्ष को ?

प्रनिश थापा, चितवन , २ फागुन । पछिल्लो समय नेपाल विद्यार्थी संघ चितवनमा विवाद चुलिँदै गएको छ । नेपाली कांग्रेस चितवनले सभापतिको जिम्मेवारी दिएका सूर्य ढकाल पदमा रहँदारहँदै संघका तत्कालीन केन्द्रीय अध्यक्ष नैनसिंह महरले चितवनका लागि दीपक दवाडी र दीनेश पौडेललाई छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर जिल्ला सुम्पिदिएपछि नेबिसंघ चितवनको आधिकारिक अध्यक्ष को हो रु भन्ने विषयमा विवाद बढ्दै गएको हो । केन्द्रीय अध्यक्ष महरले सोमबार पदबाट राजीनामा दिएपछि संगठन भित्र झनै ठूलो समस्या निम्तिएको नेबिसंघ चितवनले जनाएको छ । उता, नेपाली कांग्रेस चितवनले भने संगठनका अध्यक्ष सूर्य ढकाल नै भएको जनाएको छ । ‘केन्द्रीय सदस्यमा समेत १३ जनाको नाम आइसकेको बताउँदै पार्टी सभापति जीतनारायण श्रेष्ठले दोस्रो व्यक्तिलाई मान्यता दिन नसकिने बताए ।’ महरले आफूले पदबाट राजीनामा दिनुभन्दा पहिले २५ वटा जिल्लामा लथालिङ्ग बनाएर छाडेका छन् । यो एकदमै लज्जास्पद कुरा हो ।’ नेविसंघको इतिहासमै सबैभन्दा नराम्रो काम भएको उनले बताए । महरको जिम्मेवारी गएको भदौ २ गते नै सकिएको थियो । तर, पार्टीले पटकपटक म्याद थप गरी माघ १० गतेसम्मका लागि जिम्मेवारी दिइएको थियो । त्यसपछि भने पार्टीले कुनै प्रतिक्रिया दिएको थिएन ।