खुल्ला रुपमै गाई गोरुको तस्करी, सबैतिर तस्करको सेटिङ्ग ।

चितवन । फागुण 2 / मासुका लागी बङ्गालादेश जाने गोरुको तस्करी नेपालबाट निर्वाद शुरु भएको पाईएको छ । गत् बिहिबार पश्चिम नेपालतिरबाट लस्करैं आएका ११ वटा ट्रकमा गोरु तस्करी गरेको भटिएको हो । केहीबेर ईलाका प्रहरी कार्यालय गैंडाकोटको चेकपोष्टमा रोकिएका ति ट्रक त्यसपछी चितवनको गोन्द्राङ्ग टिकौलीको बाटो भई हेटौडा हँुदै पुर्बतिर लागेका थिए । भण्डाफोर अभियानलाई एक गोप्य श्रोतबाट प्राप्त सुचना अनुसार यसरी लस्करै आएका ट्रक अघि अघि ति ट्रकमा कुनै अबरोध नहोस भन्नका लागी एउटा गाडीमा एकसमूह सेटिङ्ग मिलाउदै गरेको खुल्नमा आएको छ । तिनै समूहका नाईकेहरुले कुरा मिलाउदै गोरु भारतको उत्तराखण्ड र उत्तरप्रदेशको नाका हँुदै नेपालको बाटो भएर बङ्गालादेशसम्म तस्करी भईरहेको खुल्नमा आएको छ । ना.५. ख. ५९४६, ना.५. ख. ८४११ र अल्पाmबेट नखुलेको ३४३४ नं.को ति लगाएतका ११ वटा ट्रकमा सयौंको सख्ँयामा गोरुमाथी गोरु दुई तला बनाई राखीएको भएपनि प्रहरीले कुनैं कार्बाही नगरेको श्रोतको दाबी छ । श्रोतका अनुसार यस अघि पनि गत् हप्ता मात्र सयौंको सख्ँयामा नेपालको बाटो हँुदै यसरी नै गोरुको तस्करी भएको थियो । गोरु सँगै तस्करहरुले गाईलाई समेत तस्करी गर्ने गरेको समेत श्रोतको दाबी छ । तस्करीलाई ग्रिनसिग्नल दिने कार्यमा सत्तापक्ष नेकपाकै चितवनका एकजना युवा लागीपरेको समेत श्रोतको दाबी छ । यसैबिच, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ्गलाई हामीले प्रश्न गर्दा उनले सर्बोच्च अदालतबाट नेपालभित्र गोरु ढुवानीमा रोक नलगाउनु भनि आदेश भएकाले प्रहरीले गोरु लादिएका उक्त ट्रकहरु रोक्न नसकेको जानकारी दिए । सिमाबाट भित्रिदा र बाहिरीदा भने सर्बोच्चले रोक लगाएको उनले बताए । बाटो पर्ने जिल्ला भएकाले आफुहरुले केही कार्बाही गर्न नसकेको एसपी गुरुङ्गको भनाई छ । यता सर्बोच्चसम्म सेटिङ्ग मिलाएका तस्करहरु भने सबैतिर पैसा खुलाउदै नाका वारपार गराई गोरुसँगै हाम्रो नेपालको राष्ट्रिय जनावार गाईको तस्करी निर्वाद गरिहेको दृश्यले तस्करहरुको सेटिङ्ग कतै प्रहरी, प्रशासन, सरकार हुँदै सर्बोच्च अदालत सँग त् पुगेको होईन भन्ने गम्भिर आशंका उत्पन्न भएको छ । आमचासोको यस बिषयमा सरोकारवाला सम्बन्धित सबै निकायको ध्यान जानुपर्ने देखिन्छ ।