सालको काठ सहित चितवनमा दुईजना पक्राउ ।

चितवन,फागुन ३ । ठूलो परिमाणको सालको काठ सहित चितवनमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटी रहेका छन् । उनीहरुलाई इच्छाकामना गाँउपालिका ७ हरिपुर स्थित सब डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक बनबाट ११ थान गोलिया (१ सय ४ क्यूफिट) सालको काठ सहित पक्राउ गरिएको हो । बजार मूल्य अनुसार सो काठ करिब साँँढे चारको हो । काठ तस्करमा प्रयोग भएको ना. ४. च. ७९४३ र ना. ४. च. ९३१० नम्बरको बोलेरो पिकअप समेत नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पक्राउ परेका दुवै जना तस्करीमा प्रयोग भएको गाडीका चालक भएको पौडेलले बताए । विशेष सूचनाका आधारमा हरिपुर सव डिभिजन वन कार्यालय र रानीखोला सामुदायीक बन कार्यालयको गस्ती टोलीले सो काठ बरामद गरेको हो । बरामद गरिएको काठ सहित पक्राउ परेका व्यक्ति र गाडीलाई डिभिजन वन कार्यालय भरतपुरमा राखिएको छ । तस्करमा संँलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाहरुलाइ वन ऐन २०४९ अन्तर्गत कारवाही गरिने कार्यालयले जनाएको छ ।