देबचुलीको सार्बजनिक जग्गा अतिक्रमण प्रकरण

महाशय ! के यहि हो सुशासन र समानता ?

सुर्य बराल । नवलपुर । फागुण २ । नवलपुर जिल्लाको देवचुली नगरपालिकाले आमसर्बसाधरणको लागी एउटा अनि धनाढ्यहरुको लागी अर्कोखालको नियम लगाएको आम सर्बसाधरणको गुनासो छ । कानुत् ः त्यस्तो नभएपनि ब्यबहारमा नगरपालिकाले त्यस्तै रबैया अपनाउदै आएको हो । स्थानिय सरकारको रुपमा अधिकार सम्पन्न नगरपालिकाले चौधरी ग्रुपको अगाडी जिबिकोपार्जनको लागी ठेला ब्यबसाय गरिरहेका गरिब गुरुवाहरुलाई उठाउन २४ घण्टे चतावनी पुर्जि दिएको थियो । तर त्यहि नगरपालिकाले नगरभित्र सयौं बिगाहा जग्गा अतिक्रमण गर्ने धनाढ्य र ठालुहरुलाई भने अनुरोधपत्र सम्म काट्न सकेको छैन् ।

भण्डाफोर अभियानलाई प्राप्त केही तथ्य र सुचनालाई हेर्दा नगरपालिकाभित्र सयौं बिगाहा सार्बजनिक जग्गा राजनितीक, प्रशासनिक र आर्थिक पहँुच भएका ठालुहरुले अतिक्रमण भईरहेपनि नगर प्रशासन किन मुकर्दशक भएर बसेको छ ? एक स्थानियले भने । चौधरी ग्रुप, मेघापार्क रिर्सोट लगाएतका दर्जनौं धनाढ्यले नगरभित्र सयौं बिगाहा सार्बजकि जग्गा अतिक्रमण गरिरहेका छन् तर नगरपलिकाले सार्बजनिक जग्गा संरक्षणको लागी कुनै पहल नगरेको स्थानिय ब्यबसायी बाबुराम घिमरेले बताए । उनले भने मेघापार्कको बिषयमा नगरपालिकामा धेरै नै कुरा भएपनि आमसर्बसाधरणले देखिनेगरी कुनै सुनवाई गरेको छैन् ।
सार्बजनिक जग्गामा मेघापार्क


नगरपालिकाको वडा नं. १ र १७ भित्र रेहेको करिब १० बिगाहा भन्दा बढी सार्बजनिक जग्गा अतिक्रमण गरी मेघापार्क रिर्सोट निर्माण प्रकरणमा स्थानियको बिरोध बढपनि सरोकारवाला निकाय भने मुकर्दशक भई बसिरहेका छन् । राज्यको यति धरै सम्पति चितवन नारायणगढका एक धनाढ्यले आफनो ब्यबसायीक फाईदाको लागी अतिक्रमण गरेर धमाधम रिर्सोट निर्माण गरिरहेको भएपनि नगरपालिका किन कानमा तेल हालेर मुकर्दशक बसिरहेको हो । यो रहस्य र खोजिको बिषय बनेको छ ।
नारायणगढ, शहिदचोकका धनाढ्य सिद्धकुमार श्रेष्ठ सहित सञ्चालक रहेको सिद्ध कुमार एण्ड सन्स कम्पनिको नाममा बन्दैं गरेको उक्त मेघा रिर्सोटले नारायणी र मुकुण्डे खोलाको ग्रयाभेल, गिटी र बालुवा अनियमित तबरबाट मनलाग्दी उत्खनन, डम्पीङ्ग र निकासी गरिरहेको स्वंय वडाध्यक्षको स्विकारोक्ती छ । देबचुली नगरपालिकामा ‘ठुलालाई चैंन सानालाई एैन’ चरितार्थ भएको छ । गरिब, निमुखा, सुकुम्बासी र आमसर्बसाधरणमाथी नियम कानुनको डण्डा चलाउने नगरपालिकाका जनप्रतिनीधी तथा प्रशासकहरु धनाढ्यहरुकोे अगाडी नतमस्तक र निरिह प्राणी झैं मुकर्दशक बनिरहेका छन् ।

रिर्सोट नगरपालिकाको मापदण्ड बिपरितको डिजाईन र नक्सापास बिनैं भवनहरु बनाएको भएपनि नगरपालिकाले अनुगमन गरी यो नक्साबिपरित भयो भनेर भन्न नसक्नुमा समेत पैसाको ठुलै चलखेल भएको हुनसक्ने स्थानियहरुको आशंका छ ।

मुकुण्डे खोलामा अबैध रुपमा मापदण्ड बिपरित पर्खाल लगाएको, नारायणी नदी र मुकुण्डे खोलालाई अबैध रुपमा दोहन गर्नुको साथै खोलामा अबैध बाँध बाँधी प्राकृतीक श्रोतको दोहन गरिरहँदा समेत नगरपालिका मौन बसि काबाही नगर्नुमा कतैं नुनको सोझो त् गरेका होईनन् भन्दै स्थानियले यस्ता जनप्रतिनिधीलाई आगामी निर्वाचनमा लोप्पा खुवाउने संकल्प गरेको स्थानिय डि. आर. क्षेत्रीले बताए ।
यसरी शक्तिशाली र धनाढ्यहरुले अनियमितता र अबैध कार्य गर्दा केही गर्न नसक्ने नगरपालिका ले जनताको हितमा के नै गर्ला र ? भन्दै नगरक्षेत्रका सर्बसाधरण आक्रोशित भईरहेका छन् ।

स्मरण रहोस नगरपलिकाका प्रमुख प्रशासकियअधिकृत नारायण प्रसाद सापकोटा जो तत्कालिन भरतपुर उपमहानगरमा जग्गा खरिद काण्डमा अनियमितताको साथै गाडी खरिद काण्डमा भ्रष्ट्रचारको मुध्धामा मुछिएपछी चितवनबाट लखेटिएका ब्यक्ति हुन भने मेयर र मेघापार्क रिर्सोटका सञ्चालक श्रेष्ठ एउटै पार्टी र नाता समेत पर्ने भएकाले पनि यो बिषयमा नगरपालिकाले केही गर्न नसकेको बिष्लेषण भईरहेको छ ।

उसो त् गाँउका केही युवाको मुख थुन्न रिर्सोट सञ्चालकले लाखौं रकम बाँडेको तथ्य बाहिरिरहेको बखत नगरपालिकाका हर्ताकर्ताहरु पनि कता करोडौं चलखेलमा परि यो मुध्धालाई आझेलमा पारिरहेका त् छैनन् भन्ने आम आंशका बढेर गएको छ । सत्य तथ्य बाहिर ल्याउने र सार्बजनिक सम्पति तथा प्राकृतीक श्रोतमाथीको माफियाहरुको राजको भण्डाफोर गर्ने हाम्रो अभियान जारी रहने नै छ ।