चितवनमा नजीककै ब्यक्तिबाट डरलाग्दो बलात्कार 

आरोपित सबै पक्राउ ।

प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले आफ्नै भान्जीलाई बलात्कार गर्ने मामालाइ पक्राउ गरेको छ । रौतहट जिल्ला चपुर ७ बस्ने १५ वर्षीया आफ्नै भान्जीलाई रोजगारीमा लगाइदिने भन्दै चितवन भरतपुर महानगरपालिका १६ स्थित एक पोल्ट्री फर्ममा राखी बलात्कार गरेको आरोपमा बारा गढीमाई ४ बस्ने बर्ष २१ का रवीन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै, भरतपुर महानगरपालिका २६, तेलौली बस्ने आफ्नै भतिजी वर्ष १० की बालिका लाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । आरोपित वर्ष २२ का पुरूषोत्तम प्रधानलाई चितवन प्रहरीले पक्राउ गरेको हो । अर्का आरोपित सोही ठाउँका वर्ष १८ का पुकार प्रधान भने फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए । त्यस्तै, भरतपुर २३ जगतपुर बस्ने वर्ष २१ का २२ वर्षीया सुस्त मनःस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको छ । युवतीको बुबाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उता, १६ वर्षीया एक बालिकालाइ बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिका २४ बस्ने वर्ष ४२ का विष्णु सापकोटालाई १३ वर्ष कैदको फैसला तोकेको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले फागुन १ गते उक्त फैसला गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए । साथै, पीडितलाई २० हजार क्षतिपूर्ति भराउने फैसला समेत भएको छ । भदौ २३ गते पीडितको घरमै गई बलात्कार गरेको आरोपमा भदौ २५ गते पीडित आफैँले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् । त्यस्तै, १२ वर्षीया बालिका बलात्कार आरोपमा जिल्ला अदालत चितवनले राप्ती नगरपालिका ४, भवानीपुर बस्ने वर्ष २० का अनिल राईलाई ७ वर्ष कैदको फैसला तोकेको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले फागुन १ गते उक्त फैसला गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए । ०७५ मंसिर १५ गते बलात्कार प्रयास भएको भन्दै पीडितले मंसिर १७ गते इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दिएकी थिइन् ।