Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    ‘नेपाल भ्रमण वर्ष सफल पार्न विमानस्थलबाटै सहयोग गरौँ’

    काठमाडौँ, २८ चैत । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ठूलो सहयोग आवश्यक रहेको बताइएको छ । विमानस्थल हवाई यात्रु यातायात सेवाको व्यवस्था लिमिटेडको वार्षिक साधारण सभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताइएको हो । राष्ट्रिय सभाका सदस्य…

    Read More
  • अपराध/दुर्घटना

    ललिता निवास जग्गा हिनामिनामा ठुलाबडाकै संलग्नता

      काठमाडौं/ मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ । व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ । सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप…

    Read More
  • चितवन सेरोफेरो

    मेची–महाकाली विद्युतीय रेलमार्गः निजगढ–हेटौंडा–भरतपुर खण्डमा अर्को डिपिआर बनाइने

      काठमाडौँ / सरकारले भारतबाट दुई थान डेमो रेल (डिजेलबाट विद्युत् उत्पादन भएर सञ्चालन हुने) खरिद गर्ने तयारी गरिरहेको बेला मेची–महाकाली मार्गको केही खण्डमा पुनः डिपिआर तयार गरिने भएको छ । यसअघिको मेची–महाकाली विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन अन्र्तगत निजगढ–हेटौंडा–भरतपुर खण्डमा विरोध आएपछि रेल विभागले पुनः अर्को डिपिआर बनाउने तयारी गरेको हो । विभागका सिनियर…

    Read More
  • अपराध/दुर्घटना

    मेलम्चीका १७ वर्ष : २५ अर्ब लगानाीमा सवा दुई अर्ब भ्रष्टाचार

    काठमाडौं/मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखामा सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ । आयोजना सञ्चालन अवधिमा थप १६ करोट २८ लाख रुपैयाँ अनियमितता भएको…

    Read More
  • प्रवास

    बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन ! ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर

    काठमाडौं /अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरी छ– जसले जे भेट्टायो त्यही निलिदिन्छ। अध्येताहरू भन्छन्– मौका पाए यसले सूर्य नै खाइदिन्छ। त्यो भुमरी अर्थात् ‘ब्ल्याक होल’ बारे थाहा भएको वर्षौंपछि बल्ल तस्बिर लिन वैज्ञानिकरू सफल भएका छन्। यस क्षणलाई उनीहरूले हर्षोल्लासपूर्वक मनाएका छन्। खगोलविद्हरूले बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन गर्दै ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटारस्थित ललितानिवासको जग्गा धितो राखेर कर्जा

      काठमाडौं/सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिको नाममा बनाएर धितो राखी विभिन्न बैंकरवित्तीय संस्थाबाट अर्बौँ रुपैयाँ ऋण लिएको पाइएको छ । ललितानिवासका तत्कालीन भोगधिकारी रुक्मशमशेर राणालगायतबाट २०६० सालमा व्यक्ति तथा संस्थालाई गैकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंकरवित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो । सरकारले…

    Read More
  • चितवन सेरोफेरो

    युवाहरुको विदेश पलायन रोक्नुपर्नेमा नेकपा अध्यक्ष प्रचण्डको जोड

    चितवन, चैत २७/नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षित युवाहरुको विदेश पलायन ता रोक्नुपर्नेमा जोड दिएका छन् । चितवन क्षेत्र नं. ३ का सभाषद समेत रहेका दाहालले शिक्षित युवाहरुको विदेश पलायन नरोकेमा देश भिखारी हुने सम्भावना बढेको बताएका हुन् । आज माडीमा आयोजित कार्यक्रममा शिक्षाको महत्वबारे बोल्दै उनले यस्तो बताएका हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय माओवादीको एम्बुसमा परेर भाजपाका सभासदसहित ५ प्रहरीको मृत्यु

    भारतमा यही अप्रिल ११ तारिखदेखि हुन लागेको लोकसभा निर्वाचनलाई सक्रिय रूपमा बहिष्कार गर्ने आह्वानसहित प्रचारात्मक तथा फौजी माध्यममार्फत वहिष्कार अभियानलाई तीव्र बनाइरहेको भाकपा (माओवादी) ले थापेको एम्बुसमा परेर सत्ताधारी पार्टी भारतीय जनता पार्टीका विधायक भीमा माँधवीसहित अन्य ५ जना सुरक्षा फौजको मृत्यु भएको छ । पहिलो चरणको निर्वाचनमा परेको छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लाको श्याम गिरी…

    Read More
  • चितवन सेरोफेरो

    १० जना महिला सहित ४८ जनाद्वारा रक्तदान

    चितवन/ चितवन तथा नवलपुरमा रहेका विभिन्न ६ वटा संघसंस्थाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत मंगलबार खुला रक्तदान कार्यक्रम गरेका छन् । चितवनमा हुने रगतको मागलाई मध्यनजर गर्दै यी एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लायन्स एण्ड लियो क्लब अफ नारायणगढ बालकुमारी, नारायणी मोटर्स (बजाज शोरुम) नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी, एबीसी नारायणी मोटर्स गैंडाकोट…

    Read More
  • चितवन सेरोफेरो

    फाउण्डेशनद्वारा धन्यवाद ज्ञापन

    भरतपुर, २६ चैत / मदन भण्डारी फाउण्डेशन चितवनले आयोजना गरेको रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रम संयोजक तथा फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले आज ९मंगलबार० विज्ञप्ति प्रकाशित गरी धन्यवाद ज्ञापन गर्नुभएको हो । फाउण्डेशनले २६ औं मदन आश्रित स्मृति दिवसको अवसरमा बारा र पर्सामा हावाहुरीका…

    Read More