कुरा होईन काम गर ।

केपी ओली नेतृत्वको सरकार बनेको पनि डेढ बर्ष भन्दा बढी भईसकेको छ । दुईतिहाईको बामपन्थीको सरकार बनेपछी देशमा धरै सुधार हुने आम अपेक्षा थियो । त्यो स्वभाविक पनि हो । त्यस्मा पनि दुईतिहाईको स्थिर सरकार बनेपछी जनताले अपेक्षा गर्नु स्वभाविक नै हो । बर्षौबाट पुरा हुन नसकेका जनताका सपनाहरु पुरा हुनेमा आम नागरिकहरु आशाबादी थिए र अझै छन ।
बिगतमा काँग्रेसले बढी भ्रष्ट्रचार ग¥यो भनेरै जनताले दुई कम्युनिष्ट नामधारी पार्टी तत्कालिन नेकपा एमाले र माओबादी केन्द्रलाई भारी बहुमत अर्थात झण्डै दुईतिहाई मत दिएका हुन् । तर यो एकबर्षको बिचमा ओली सरकार जनअपेक्षकृत रुपमा अगाडी बढ्न नसकेको आम निष्र्कष छ । सरकारले जनताका अति आवश्यक बस्तुमा महङ्गी नियन्त्रण गर्नै सकेन ।
आजको सबैभन्दा ठुलो समस्या भनेको जनजिबीकाको समस्या हो । तर यस मुद्धामा ओली सरकार त्यति संवेदनशिल देखिएन । आजको दिनमा आम सामान्य गरिब किसान मजदुरलाइृ मात्र होईन निम्न मध्यम र मध्यम बर्गका मानिसहरुलाई समेत जिबन धान्न मुश्किल भईसकेको छ । सरकारी कर रसरकारी कार्यालयमा दिनुपर्ने घुसको कारण नागरिकहरु आजीत छन् । घुस नदिई कुनै काम अगाडी बढदैन् । एउटा बाहाना र नियम देखाई फाईल नै जाम गराईराख्छन अनि बिचौलीया मार्फत रकम बुझाएपछी मात्र काम हुन्छ ।
त्यस्तै राष्ट्रियता र जनतन्त्रका सवालमा समेत ओली सरकार एकपछी अर्को रुपमा चुक्दै गयो । सुनकाण्ड, एनजिओ। आईएनजिओ काण्ड, निर्मला बलत्कार र हत्याकाण्डका दोषि समात्न नसक्नु, बाईडबडी काण्ड, हेलीकप्टर काण्ड, सिण्डीकेट काण्ड लगाएतका काण्डमा सरकारले देखावटी रुपमा हात त् हाल्यो तर आम नागरिकले नाङ्गो आँखाले देख्नेगरी खास केही गर्नैसकेन ।
झन उल्टै माफियातन्त्र, कमिशनतन्त्र, दलालतन्त्र, घुसखोरीतन्त्र र लुटतन्त्र मौलाउदैं गईरहेको छ । प्रधानमन्त्री केपी ओली आफैंमा कति भ्रष्ट्र छन या छैनन् त्यो समयले मुल्याङ्कन गर्दै जाला तर उनको सरकारलाई भ्रष्ट सरकार भन्न सकिन्छ । सरकारी निकायहरु, अडा अदालत देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबै भ्रष्टचारमा र्चुलुम्ब डुबेका छन् । यस्तोमा जनताले सरकारबाट के नै अपेक्षा गर्न सक्छन र ?
त्यसैले अझै चार बर्ष बाँकी छ, ओली सरकारले आफु भित्रैबाट सुधार गर्न सक्छ । जनताले अपेक्षा गरेको सुधार गर्न सकेमा मात्र फेरी जनताले आगामी दिनमा चुन्नेछन् ।
अन्यथा अरु नँया पार्टीहरुले नेकपालाई पछाडी पार्नेछन् । अझ भनौ देशमा बिद्रोह र आन्दोलीत अवस्था सिर्जना हुन सक्छ । तर्सथ समय छदैमा जनताका लागी राम्रो काम गर्न ओली सरकारले आफैभित्रका खराबीहरु, बिचौंलीयातन्त्र र राजनितीक पार्टीहरु एवं कर्मचारीतन्त्र भित्र जरा गाडेर बसेको दलाल माफियातन्त्रलाई परास्त गर्न सक्नुपर्दछ ।
कालाबजारिया र काला ब्यापारीहरुलाई नेस्तानाबुद पार्नसक्नुपर्दछ । त्यसो गर्न सकेमा मात्र महङ्गी नियन्त्रण हुन सक्छ । जनताका अपेक्षहरु बिस्तारै पुरा गर्दै जाने बाताबरण बिकास हुन्छ । ओली सरकारले बोलीमा राम राम बगालीमा छुरा जस्तो ब्यबहार गरिरहेको आम आभास भईरहेको छ । अत बोलेर होईन गरेर देखाउ ।