कालिकाबाट नगदसहित पाँच जुवाडे पक्राउ

चितवन साउन २१/क्लिन चितवन अभियानलाई गति दिईरहेको चितवन प्रहरीले कालिका नगरपालिकाबाट नगदसहिद पाँच जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–८ स्थित पूर्णबहादुर लामाको घरबाट तास खेलिरहेको अवस्थामा रु १६ हजार ८२५ नगद र एक बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पूर्णबहादुर लामाको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रनाउ कोइरालाले जानकारी दिए ।

प्रबक्ता कोईरालाका अनुसार जिल्लामा यस अघि पनि जुवाडेहरु धमाधम पक्राउ गरिरहेको र बिकृती मुक्त चितवन बनाउने प्रहरी अभियानलाई साथ दिन पनि उनले आग्रह गरेका छन् ।