बिना कसुर ढकाललाई पक्राउ गरिएको भन्दै फाउण्डेसन र परिवारको आपत्ति


साउन २१/ सन्देश फाउण्डेसनका संस्थापक गौरबबाबु ढकालका बिरुद्ध केही संचार माध्यमहरुले भ्रामक खबर सम्प्रेषण गरेको साथै सत्यतथ्य नबुझी प्रहरी प्रशासनले बिना कसुर गिरफ्तार गरी झुठा मुद्धा चलाएको भन्दै फाउण्डेसन तथा परिवारले आपत्ति जनाएका छन् । आज मंगलबार भरतपुर ३ बेलचोकमा रहेको फाउण्डेसनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले ढकाल निर्दोष रहेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै गौंरबबाबु ढकालका बाबु तोयानाथ ढकालले आफ्नो छोरालाई बिनाकारण फसाउन खोजिएको दुखेसो पोखे । उनले भने हाम्रो आफ्नै ब्यबसाय छ, किन कोही कसैसँग रकम लिने ? हो ब्यबसायिक कामको क्रममा लिनेदिने हुन्छ, अब त्यसैलाई अनर्थ लगाउने ? तर्सथ गौरब निर्दोष छ, तत्काल मुद्या खारेजीको माग गर्दछु उनले भने । यता फाउन्डेसनका कार्यक्रम संयोजक दिवाकर श्रेष्ठले भण्डाफोर अभियानसँग ढकालले कुनै गैह्रकानुनी कार्य गरेको भए के गरेको हो त्यो  प्रमाण्ति गर्न सक्नुपर्यो, अन्यथा सर्बसाधरणलाई दुख दिने कार्य ठिक भएन । फाउन्डेसनका तर्फबाट जारी बिज्ञप्तीमा समेत प्रहरीले पुर्बाग्रही भई ढकाललाई फसाउन खोजेकोले निर्शत रिहाईको माग गरिएको छ ।