सर्वोच्चको आदेशले विमानस्थलको सुरक्षामा गम्भीर खतरा !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलभित्रको अति संवेदनशील क्षेत्र स्टेराइल एरियामा रहेको कफीसपबाट अबैध विदेशी मुद्राको कारोबार गरेको प्रमाण भेटिएपछि त्यसका सञ्चालक सुवास श्रेष्ठलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो ।

तर, सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले जेठ ५ गते एयरपोर्ट टी–कफी एण्ड कन्फेक्सनरी सप प्रालिलाई बन्द नगर्न नगराउन भन्दै अन्तरिम आदेश ९स्टे अर्डर० जारी गरेपछि उक्त पसल सञ्चालनमा ल्याइएको छ । प्रहरीले एयरपोर्ट टी–कफी एण्ड कन्फेक्सनरी सप प्रालि अन्तर्गत बोडिङ पास लिइसकेपछि प्रस्थान कक्ष भन्दा अगाडिको उक्त कफीसपबाट श्रेष्ठले डलर तस्करी गरेको प्रमाण फेला पारेपछि उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

गृहमन्त्रालयले अति संवेदनशील एरियामा गैरकानुनी रुपमा सञ्चालित उक्त पसलबाट सुवास श्रेष्ठले डलर तस्करी गरेको प्रमाण फेला पारेपछि बन्द गराउन नागरिक उड्ययन प्राधिकरण र विमानस्थल प्रहरीलाई निर्देशनसमेत दिएको थियो । सर्वोच्चको आदेशले विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न लागेको भन्दै मन्त्रालयले पसल खोल्न दिएको थिएन ।

तर, श्रेष्ठले एकाएक दुई साताअघिबाट पसल सञ्चालनमा ल्याएपछि विमानस्थलका प्रहरी र प्राधिकरणका कर्मचारीहरु नै आश्चर्यचकित भएका छन् । उक्त पसल सञ्चालनसँगै विमानस्थलको सुरक्षामा गम्भीर खतरा पैदा हुने अवस्था देखिएको छ ।

सबैभन्दा रोचक पक्ष त के छ भने न्यायाधीश भण्डारीले उक्त पसल सुवास श्रेष्ठको नभनी ‘निवदेक प्रालिसँग सम्बन्धित नभएको व्यक्तिले गरेको कार्यलाई आधार लिई पसल बन्द गर्ने कार्यले निवेदकलाई पुग्न जाने अपुरणीय क्षतिसमेतलाई विचार गरी सुविधा सन्तुलनको दृष्टिकोणबाट हाल निवदेक प्रालिको पसल बन्द नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउमा सर्वोच्च अदालन नियमावली २०७४ को नियम ४९९२०९क० बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ ।’ भन्दै आदेश जारी गरेका थिए ।

विमानस्थलका एक उच्च अधिकारीका अनुसार ‘न्यायाधीश भण्डारीले निवेदक प्रालिसँग असम्बन्धित व्यक्ति भनेर सुवास श्रेष्ठलाई भनेका हुन् । तर, यो सरासर गलत र झुट हो ।’ गोपालबाबु श्रेष्ठको नाममा दर्ता रहेको उक्त प्रालिसँग सम्बन्धित पसलहरुमा गरिएका सम्पूर्ण लगानीहरु सुवास श्रेष्ठकै हुन् । गोपालबाबु श्रेष्ठ सुवासकी कान्छी श्रीमतीका दाजु हुन् ।

अबैध डलर तस्करीमा मुछिएका सुवासलाई विमानस्थल प्रशासनले विमानस्थलको सबै क्षेत्रको पास दिएको छ । पक्राउ परेको दिन सुवासले सोही पास प्रयोग गरेका थिए । सुवासको डलर तस्कर गर्ने नियत थिएन भने उनी किन प्यासेन्जर चेकिङ एरियाबाट छिरेनन् रु पास गेट नै किन प्रयोग गरे रु त्यसो त प्रहरीले सुवासलाई पक्राउ गरी राजस्व अनुसन्धान विभाग पठाएको थियो ।

अभियुक्त पक्राउ परेको ३५ दिनभित्र राजस्व अनुसन्धान विभागले सम्पूर्ण विवरणसहितको फाइल जिल्ला अदालतमा दर्ता गर्नुपर्नेमा हालसम्म गरेको छैन । यस्तो गम्भीर प्रकृतिको मुद्दालाई समयमै अदालतमा दर्ता नगराई ढिलो गरी फाइल नै गायव गराउन राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली सक्रिय भएर लागेका छन् । मैनालीकै कारण सुवासले सर्वोच्च अदालतमा चलखेल गरी पसल सञ्चालन गर्ने अवसर पाएका छन् ।

सुवास ठूलो परिणाममा अवैध बिदेशी मुद्रासहित गत चैत २१ गते पक्राउ परेका थिए । सुवासलाई बैंकक जाने क्रममा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुले शंका लागि चेकजाँच गर्दा उनको साथबाट २२ हजार १ सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ यूआन र १ हजार ३ सय ८० यूरो अबैध विदेशी रकम बरामद गरी नेपाल प्रहरीलाई जिम्मा लगाएका थिए ।

लगत्तै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले प्रहरीलाई जिम्मा लगाए पनि बिदामा बसेका विमानस्थलका तत्कालीन सुरक्षा प्रमुख एसएसपी भण्डारीले प्रमाण के छ भन्दै छाडेका थिए । सो विषयले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म हंगामा मच्चिएपछि सुवासलाई सुरुमा छाडेका भण्डारीले आफू फस्ने डरले पुनः पक्राउ गरी राजस्व अनुसन्धान विभाग पठाएका थिए ।

विवादास्पद ब्यापारी सुवासले चलाएको सिन्डिकेटका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र आन्तरिक र बाह्य पर्यटक तथा सेवाग्राहीहरू दिनदहाडै लुटिने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा सुवासद्वारा सञ्चालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको समेत स्रोतको दावी छ । राजपाका नेता शरतसिंह भण्डारीले पर्यटनमन्त्री छँदा नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराई निर्जला राउत र सुवासको साझेदारीमा रहनेगरी त्रिभुवन विमानस्थलको स्टेराइल कक्षमा टी–कफी सप सञ्चालन गर्न अनुमति दिलाएका थिए ।

सुवासले भने सोही पसललाई माध्यम बनाइ डलर र बिदेशी मुद्रा तस्करी गर्दै आइरहेका छन् । सुवासले बिदेश जाने बहानामा बिदेशी मुद्रा तस्करी गर्दै आइरहेको हुँदा उनको ‘ट्राभल हिस्ट्री’को बारेमा प्रहरीले अनुसन्धान गर्ने हो भने बिदेशी मुद्रा तस्करी गरेको पुष्टि हुने एक व्यापारी बताउँछन् ।

तत्कालीन पर्यटन मन्त्री भण्डारीले सुवासलाई स्टेराइल एरियामा टी कफी पसल संचालन गर्न दिनका लागि बोलाइएको बैठकमा नेपाल प्रहरीले असहमति जनाएको थियो । स्टेराइल एरियाबाट बोडिङ पास गरिसकेपछि चेक हुँदैन ।

त्यहाँ टी कफी पसल संचालन गर्न दिंदा सुरक्षामा गम्भीर खतरा हुने भएकाले दिनु नहुने गृह मन्त्रालय र प्रहरीको राय बिपरीत तत्कालीन पर्यटन मन्त्री भण्डारीले जबर्जस्ती अनुमति दिएका थिए । भण्डारीकी प्रेमिका राउतसमेत उक्त पसलकी पार्टनर हुन् । सुवासले शरतसिंह भण्डारी मन्त्री हुँदा टीआइएका सबै ब्यापार अति कम दरमा भाडा दिने गरी ठेक्का लिएका थिए ।

न्यायालयमा सेटिङपछि पसल सञ्चालनको आदेश
सुवास श्रेष्ठले स्टेराइल एरियामा बन्द भएको पसल खुलाउन धेरै शक्तिकेन्द्र चाहारे । तर, गृहमन्त्रालयले नदिने अडान लिएपछि उनी न्यायालय सेटिङमा लागे ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका निकट एक बिचौलियालाई ठूलो रकम खर्च गरी पुरुषोत्तम भण्डारीजस्ता विवादित न्यायाधीशको इजलासमा पेशी राख्न लगाइएको स्रोतको दाबी छ । स्रोतका अनुसार भण्डारीको बेञ्चमा पेशी तोक्नका लागि प्रधानन्यायाधीशका बीचौलियालाई सेटिङ गरिएको थियो ।

त्यही सेटिङअनुसार नै स्टेराइल एरिया जस्तो संवेदनशील ठाउँमा पुनः सुवासले टी कफी पसल सञ्चालन गरेका छन् । प्रधानन्यायाधीश राणाले न्यायालयमा सुधार गर्ने भाषण गदैआएका छन्, तर उनकै योजनमामा राष्ट्रिय सुरक्षा नै खतरामा पार्ने ठाउँमा बन्द गरेको पसल खुलाउन आदेश दिने काम भएको छ । -यूनाइटेड पोस्ट साप्ताहिकबाट