नवलपुरमा नियमित जुवाखाल, प्रहरी बेखबर कि मुकर्दशक ?

नवलपुर जिल्लाको डण्डामा लामोसमयदेखि जुवाखाल सञ्चालन भईरहेपनि प्रहरी प्रशासन बेखबर जस्तै बसिरहेको छ । उसो त जिल्लाको आरुङ्गंखोला, दाउन्ने, सदरमुकाम कावासोती, देबचुली र गैंडाकोटका बिभिन्न क्षेत्रमा चर्हादै जुवाडेहरुले लामो समयदेखि नियमित जुवा सञ्चालन गरिरहेको खुल्नमा आएको छ । प्रहरीकै मिलेमतो र सेटिङ्गमा जुवाखाल, तस्करी र अन्य अबैध धन्दाहरु मौलाईरहेको जनगुनासो बढीरहेकै छ । बिशेष गरी जिल्लाका एक जना प्रहरी हाकिम र ईस्पेक्टरको जुुवाडेहरुसँग, अबैध धन्दा गर्नेहरुसँग साठँगाठ गरेको जनगुनासो आईरहेको छ । त्यस्तै स्थानीय प्रहरी चौकी र केही प्रहरीहरुसँगको सेटिङ्गमा जिल्लामा जुवाखाल, तस्करी र अबैध धन्दा भित्रभित्रै मौलाउदैं गईरहेको बुझिएको छ ।
भण्डाफोरलाई प्राप्त गोप्य श्रोतको जानकारी अनुसार डण्डाको तल्लो तटिय क्षेत्र सेतोपानी लगाएतका जंगलसँग सिमा जोडिएका र नारायणी तिरमा संञ्चालित कतिपय कटेजहरुमा समेत जुवाडेहरुले आफ्नो अखडा बनाईरहेको खुल्नमा आएको छ । श्रोतका अनुसार डण्डाका नामुद जुवाडे क्रृषि थनेत, चितवनका जुवाडे बोध बहादुर पौडेल, दोङ्ग भन्ने गोर्खाका नामुद जुवाडे र नारायणगढकै केही नाम चलेका ब्यापारीहरु समेत अहिले नवलपुरका बिभिन्न क्षेत्रमा निर्वाद रुपमा जुवा खेलिरहेको पाईएको छ । ति स्थानमा सञ्चालित जुवाखालबारे जिल्लामा आएका नयाँ एसपीलाई पुराना सहकर्मीहरुले भेउसम्म नदिएको समेत बुझिएको छ । चितवनमा जुवा खाल बन्द भएपछी तिनै जुवाडेहरु साथै केही अन्य जिल्लाका जुवाडेहरु अहिले नवलपुरका ति स्थानहरुमा जुवा खेल्ने गरेको पाईएको हो । केही महिना गत बर्ष अघिसम्म भरतपुर र नारायणगढकै विभिन्न स्थानमा खुलमखुल्ला जुवा खाल सञ्चालन गर्ने जुवाडेहरु जिल्लामा एक बर्ष अगाडी एसपी राठोरको आगमनसँगै बाहिरी जिल्लाहरुमा जुवाखेल्ने गरेका हुन् । अहिले चितवनका नयाँ एसपीले समेत लाईन नदिएपछी जुवाडेहरुले नवलपुरलाई आफ्नो अखडा बनाएको पाईएको छ । स्मरण रहोस गत बर्ष पनि नवलपुरको गैडाकोट नगरपालिकाको टोलटोलेबाट चितवनका जुवाडेहरु पक्राउ परेसँगै नवलपुरलाई उनीहरुले आफ्नो अखडा बनाएको भटिएको हो । जिल्लामा कार्यरत प्रहरीका केही भ्रष्ट्र चल्तापुर्ता ब्यक्तिलाई पैसाको प्रलोभनमा पारी उनीहरुकै सुचना र सहयोगमा निर्वाद अहिले अन्यत्रका जुवाडेहरुले नवलपुरलाई जुवाखालको स्वर्गस्थल बनाएको श्रोतको दावी छ । त्यस्तै जुवाडेहरुले केही अन्य युवाहरुको टोली नै बनाई को आँउछ को जान्छ हेर्न लगाउने गरेको पाईएको समेत श्रोतले जानकारी दिएको छ । यसरी जिल्लामा जिल्ला प्रहरीकै केही भ्रष्ट्र अधिकृत र हाकिमसँगको साँठगाँठमा जुवाखाल सञ्चालन गर्दै आईरहेको खुल्नमा आएको छ । उनीहरुले सञ्चालन गर्ने जुवाखालमा एकै खेलमा पचास लाखदेखि करोडसम्मकै खेल हुने गरेको पनि बुझिएको छ । यसैविच जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक मोहन पोख्रेलसँग यस विषयमा बुझ्दा उनले आफुलाई त्यस्तो कुनै जानकारी नआएको तर जुवाखाल नियन्त्रणमा लागीपर्ने बताए । भण्डाफोरसँग कुरा गर्दै उनले भने जिल्लामा कुनैपनि किसमको बिकृती नियन्त्रणमा आफुले कुनै कसर बाँकी नराख्ने भन्दै आवश्यक अनुसन्धान गरी कार्बाही गर्ने बताए । यसरी, जिल्लामा निवार्द जुवाखाल सञ्चालन गर्न दिई समाजलाई बिकृतीमय बनाउने ब्यक्तिहरु जुन निकाय र पदमा भएपनि उनीहरु गैंह्रजिम्बेवार हुन तिनीहरुमाथी आवश्यक छानबिन र काबार्ही हुन ढिला हुँदा एकातिर समाज बिकृतीमय बन्दै जाने अर्को तिर प्रहरी संगठन यस्तै कुहिएका आलुहरुको कारण थप बदनाम हुने अवस्था आउनेछ । यसतर्फ सम्बन्धित उपल्लो निकायको ध्यान पुग्ने कहिले हो त्यो भने पक्कै केहि दिनमा थाहा लाग्ने नै छ ।