Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    अवैध उल्खननको असरः मानवबस्ती उच्च जोखिममा

    सिरहाको धनगढी नगरपालिका–८ मा खानीको नाममा भइरहेको अवैध उल्खननले मानवबस्ती विस्थापनको जोखिममा परेको छ । मानवबस्ती पर्वाह नगरी भइरहेको तीव्र उत्खननका कारण ६ टोलका मानवबस्ती विस्थापनतर्फ उन्मुख भएका छन् ।  धनगढी–८ महुलियाटोलका ६३ वर्षीय विश्वनाथ यादव चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था आएकोमा दुःखी छन् । ‘बस्तीका चारेतिर ठूलाठूला खाल्डो खनेर गिट्टीबालुवा झिक्दा…

    Read More
  • मुख्य समाचार

    कलिलैमा स्कुल पठाउँदा बालबालिकाको मस्तिष्कमा असर हुने

    काठमाडौं/बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुवै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पुर्‍याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता हो ।…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमै भारतीयको घेरामा नेपाली सांसद !

    बाँके जेठ ५/नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो ।  यो घटना शुक्रबार साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही…

    Read More
  • नेपालको १२८ मुलुकसँग  व्यापार घाटा

    काठमाडौं/नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको…

    Read More
  • प्रवास

    अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल

    संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । यो समाचार आजको कारोबार दैनिकमा विजय देवकोटाले लेखेका छन् । गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका…

    Read More
  • चितवन सेरोफेरो

    चितवन उद्योग संघको १९ औं साधारणसभा सम्पन्न

    भरतपुर÷चितवन उद्योग संघ १९ औं साधारण सभा एवं गभर्निङ काउन्सिल, पूर्व अध्यक्ष मण्डल, महिला उद्यमी, युवा उद्यमी मञ्चको अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा माननीय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा प्रमुख अतिथि रहुनभएको थियो । कार्यक्रममा मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्रालयका राजनीतिक सल्लाहकार…

    Read More
  • खेलकुद

    निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सन्दीप लामिछाने

    चितवन, ०४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले चितवनमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको अवलोकन गरेका छन् । भारतीय चर्चित लिग आइपीएल खेलेर गृह जिल्ला चितवन आएका आएका लामिछाने शनिबार दिउँसो रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका वडा नः १५ रामपुरमा पुगेर निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी लिए । राष्ट्रिय टोलीका…

    Read More
  • चितवन सेरोफेरो

    स्वदेशमै केही गर्ने भन्दै दुई युवाले खोले गौतमबुद्ध ईन्जीनियरिङ्ग

    चितवन । जेठ ४ । दैनिक हजारौं युवाहरु विदेश पलायन भैरहेको बर्तमान समयमा नेपालमा नै केहि गरौ भन्ने उद्धेश्यले चितवन भरतपुरका २ जना युवाहरु मिलेर भरतपुर महानगरपालिका ११ भोजाडमा गौतमबुद्ध ईन्जीनियरिङ्ग वर्कशप सञ्चालनमा ल्याएका छन् । गोर्खा अजिरकोट गाउपालिका १ भच्छेकका रबि शेर्पा र चितवन भरतपुर ११ भोजाडका अनिल तामाङ्ग मिलेर स्टिलबाट बन्ने सामाग्रीहरुको गौतमबुद्ध…

    Read More
  • मुख्य समाचार

    अखिल क्रान्तिकारीले लियो शैक्षिक हडताल फिर्ता 

    चितवन, जेठ ४ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले जेठ ५ गते देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने कार्यक्रम फिर्ता लिईएको छ । क्रान्तिकारीले यसअघि संगठनका केन्द्रीय अध्यक्षसहित कयौं विद्यार्थी नेताहरुलाई सरकारले बिनाकारण पक्राउ गरेको भन्दै भोली जेठ ५ गते देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको थियो । तर अध्यक्ष चिरञ्जीवी…

    Read More
  • कृषि/पर्यटन

    भारतबाट मात्रै एक बर्षमा १० अर्बको आलु प्याज आयात

    काठमाडौं /सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले…

    Read More