उपनिर्वाचनमा चितवनका तीन वडाबाट १३ जनाको उम्मेद्वारी

चितवन /मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज (बुधबार)चितवनमा मनोनयन दर्ता सकिएको छ । विहान १० बजे देखि १ बजे सम्म खुल्ला गरिएको मनोयनमा चितवनका तीन वटा वडाबाट बिभिन्न दलबाट १३ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

चितवनको भरतपुर वडा नं.१६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा हुने उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको हो । भरतपुर–१६ मा वडा अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत हरि ढकालले जानकारी दिए । उनका अनुसार भरतपुर १६बाट सत्तारुढ दल नेकपाबाट भक्तराज हमाल, नेपाली कांग्रेशबाट अमृतराज हमालले उम्मेद्धारी दर्ता गराएका छन् ।

त्यस्तै राप्रपा संयुक्तबाट विष्णु प्रसाद त्रिपाठी, समाजबादी पाटीको तर्फबाट अमरबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पाटीबाट धनप्रसाद घलेले आफ्नो उमेद्वारी दर्ता गराएका छन् । उत्ता पुर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर चारमा चार जनामो उमेद्वारी परेको छ । नेकपाबाट बेदबहादुर अधिकारी, नेपाली कांग्रेसबाट देवबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट सिताराम थापा र राष्ट्रिय प्रजातन्त्रपार्टीबाट अनुज अधिकारीले नाम दर्ता गराएको निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

यस्तै खैरहनी नगरपालिका वडा नम्बर पाँचमा पनि चार जनाको उमेद्वारी परेको छ । नेकपाका पुन नारायण प्रधान, नेपाली कांग्रेसका प्रतिमा कार्की, राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी र समाजबादी पाटीका विकना महत्तो थारुले अध्यक्ष पदका लागि उमेद्वारी दिएका छन् ।