पार्किङ्ग शुल्कको नाममा सञ्चालित अबैध असुली धन्दा बन्द

चितवन । चितवनको ईच्छाकामना गाँउपालीका अन्र्तगत पर्ने मुग्लीङ्ग बजारमा स शुल्क पार्किङ्गको नाममा केही समय अघिदेखि सञ्चालित अबैध असुली धन्दा बन्द भएको छ ।
स्थानिय कल्बको नाममा केही पाखुरा र पहुँचवालाहरुले स शुल्क पार्किङ्गको हवला दिदै अबैध असुली गरिरहेको खुल्नमा आएसँगै भण्डाफोर अभियानले समचार प्रकाशन गरेसँगै सो अबैध असुली धन्दा बन्द भएको हो । केही ब्यक्तिले हालीमुहाली गर्नेगरी स्थानिय त्रिबेणी युवा कल्बको नाममा यस्तो अबैध असुली धन्दा मच्चाएका थिए ।
‘त्रिबेणी युवा कल्बद्वारा सञ्चालित स शुल्क पार्किङ्ग तथा सरसफाई सहयोगार्थ रसिद’ प्रति गाडी साना सवारीको रु ५० र ठुला सवारीको रु ७० सम्म लिईएको थियो । रसिदमा ७० लेखिएको भएपनि रकम उठा

उनेहरुले थर्काउर्दै थप रकम लिने गरेको एक पिडीत ब्यबसायीले भण्डाफोर अभियानलाई जानकारी आएपछी सो बारे भण्डाफोर अभियान डट कम मा समचार प्रकाशनमा आएको थियो ।
स्थानिय सरकार तथा अन्य कुनै निकायबाट स्विकृती समेत नलिईकन कल्बको नाममा धाक धम्कीकै भरमा अबैध असुली भईरहेको भएपनि नजिकै रहेको ईलाका प्रहरी कार्यालय मुग्लीङ्ग भने मुकर्दशक भई बसिरहेको थियो । दैनिक हजारौं रुपयाँ उठ्ने मुग्लीनको पुरानो पुल लगाएतको सो सार्बजनिक स्थानलाई स शुल्क पार्किङ्गको रुपमा प्रयोग गरिएको थियो ।
ईलाका प्रहरी कार्यालयबाट ५० मिटरको सो स्थानमा रहेको सार्बजनिक जमिन र त्रिशुलीको पुरानो पुलमा पार्किङ्गको नाममा अबैध असुली भईरहेको भएपनि ईलाका प्रहरी कार्यालय मुग्लीनले अबैध कार्य गर्नेहरुलाई कार्बाही गर्नुको साटो उल्टो उनीहरुकै हो मा हो मिलाएर मुकदर्शक बनि बसीरहेको थियो ।
ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङ्गलाई समेत गुमराहमा राख्दै केही पहुँचवालाहरुले स्थानिय प्रहरीसँगको मिलेमतोमा ‘त्रिबेणी युवा कल्ब’को नाममा यस्तो अबैध धन्दा सञ्चालन गरेको प्रमाणहरु पाईएपछी चितवनका एसपी दान बहादुर मल्लको ठाडो निर्देशनमा अबैध धन्दा रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले गैंह्रकानुनी असुली तत्काल रोकिने बताएका थिए । मल्ललाई जानकारी प्राप्त भएको केही घण्टामै अबैध असुली रोकिएको थियो ।