खबरदार ! अतिक्रमण सहन्नौं । 

सुर्य बराल /कसैको पनि छिमेकी दुष्ट र अतिक्रमणकारी भयो भने दुःख पाईन्छ, यो शासस्वत सत्य हो । हाम्रो देश नेपालले पनि दुष्ट छिमेकीको कारण बिभिन्न कालखण्डमा दुःख पाईरहेको छ, हामी देशबासी नेपालीले दुःख पाईरहेका छौं । हिजो आज मात्र होईन ईतिहास देखी नै हामीले छिमेकीहरुबाट शास्ती ब्योहर्नु परिरहेको छ ।
मुख्यतः दक्षिणी छिमेकी भारतबाट हामीले पटक पटक शास्ती भोगीरहेका छौं । हिजो अंग्रेजहरुको शासनकालदेखि नै हामीलाई छिमेकीहरुले दुःख दिईरहेका छन् । कहिले तिब्बत र चिन त् कहिले अंग्रेजहरुले हाम्रो अस्तित्व नामेट पार्न हामी माथी पटक पटक युद्ध थोपर्ने काम भयो । बिदेशी बैरीहरुको युद्धको जवाफ हाम्रा पुर्खाहरुले युद्धबाटै दिएर यो मातृभुमिको रक्षा गरेका थिए ।
यो मातृभुमि जोगाउन ईतिहास देखि हालसम्म धेरै ज्ञात अज्ञात शहिदहरुले बलिदानी दिएका छन् । पुर्खाहरुको बिरता र शहिदहरुको बलिदानमा अडिएको हाम्रो राष्ट्र र राष्ट्रियतामाथी यदि कसैले गिद्धेदृष्टि राख्छ र अतिक्रमण गर्छ भने हामीले त्यस्तालाई ईटको जवाफ पत्थरले दिन सक्नुपर्दछ । चाहे उनीहरु जो सुकैं र जतिसुकै शक्तिशाली किन नहुन हामी न्याय र सत्यको पक्षमा छौं । हामी जल्न सक्छौ तर हामी जल्दै गर्दा हामीले हाम्रा बैरी र दुष्टहरुलाई त्यहि आगोको भुंग्रोमा हाली उनीहरुको हाडलाई समेत खरानी बनाउन सक्छौं । यदी हामीलाई निरन्तर हेप्ने काम हुन्छ भने चिनियाँ राष्ट्रपति सि को भाषा सापटी लिएर भन्दा हामीले उनीहरुको हड्डी धुलो पार्नुपर्छ ।
यसर्थ हामी उनीहरुलाई परास्त गर्न सक्छौंं । हाम्रैं पुर्खा हुन जस्ले एउटा खुकुरीकै भरमा सारा बिश्वलाई थर्काएका थिए । बिश्वमा हामी मात्र यस्तो देशका नागरिक हौं जो अहिलेसम्म कुनै देशको अधिनस्थ हुनुपरेको छैन् । हामीले बचाई दिएको भारत देश हो, जो ईतिहास गवाह छ । अहिलेपनि पाकिस्तानी बोर्डरमा हाम्रा दाजुभाई भारतकै सिमा रक्षाका लागी लडिरहेका छन् । मरिरहेका छन् । अखिर के का लागी ? तिनतिर हामीसँग सिमा जोडिएको भारतले हामीमाथी चौंतर्फि अतिक्रमण र बिस्तारबादी हस्तक्षेप गरिरहेको छ । भारतीय शासकहरुको दादागिरीले गर्दा हाम्रो ६० हजार हेक्टर भन्दा बढी जमिन खोसिएको अवस्था छ । खुल्ला सिमाको कारण बर्षेनी लाखौं भारतीयहरुले निर्वाद नागरिक्ता लिईरहेका छन् ।
केही दलाल नेता र तिनका हुल्लड हुचिलहरुको हिजडापनको कारण देश दिनप्रतिदिन बर्बाद बन्दै गईरहेको छ । सत्ता बाहिर हुदाँ राष्ट्रियताको राग अलाप्नेहरु सत्तासिन हुँदा बिस्तारबादको बिरुद्ध कुनै प्रतिरोध योजना बनाउनैं सक्दैनन् । उनीहरुकै कलो र जुठोपुरोमा बिकेर हो या मर्ने डरले गर्दा हो देशमा जनतामाथी शासन गर्न तम्सीनेहरु अहिलेसम्म मिचिईएका सिमाना फिर्ता गराउन कुनै कुटनितीक र अन्र्तराष्ट्रिय पहल नै गर्न चाहान्न ,्। सिमामा सेना परिचालन गर्ने, सिमाको रक्षा गर्ने, सिमामा रहेका नेपालीहरुलाई फौंजको रुपमा बिकास गर्ने र उनीहरुको स्थानियस्तरमै जिबिकोपार्जनको बिकास गराउन कुनै सरकार र दलका नेताहरु जिम्बेवार देखिदैनन् । उनीहरुलाई त केबल आफ्नो कुर्चि र स्वार्थको चिन्ता छ ।
सिमा अतिक्रमणको यो मुद्धा हाम्रो स्वभिमान र अस्तीत्वको कुरा हो । यदि यस बिषयमा भारतमा सत्तासिन बिजेपीको मोदी सरकार, नेपालको नेकपाको ओली सरकारले समयमै पहल गर्दैनन् भने हामी नेपाली सिमानामा गएर सिमा रक्षाको लागी आवश्यक परे हतियार उठाउनुपर्ने अवस्था आउनसक्छ । त्यस्तो अवस्था आएमा त्यो हतियार सिमामा मात्र पडकन्न दिल्ली दरबार बिष्फोट हुन सक्छ । त्यसको असर दुनियाभर पर्नेछ ।
त्यसैले हामी भन्छौं बिगतको ईष्ट ईण्डीया सरकारले भारत छाडी जानेबखतको जो नेपालको सिमा छ, त्यसमा भारत सरकारले अतिक्रमण नगरोस । बरु अंग्रेजले लिएको पुराना भु भागहरु फिर्ताको लागी ति क्षेत्रका जनताहरुलाई समेत समेटेर नयाँ र बिशाल नेपालका लागी निरन्तर संर्घषमा उत्रनुपर्ने हुन सक्छ, त्यसको तयारीमा हामी लाग्नुपर्दछ ।
नेपाललाई सिक्कीम वा अरु कुनै मुलुक खाएजस्तो सजिलो छैन् । कुनै शस्त्र अस्त्रले नेपालीलाई गलाउन सक्दैन । सिमाअतिक्रमण गर्ने कार्यले आम नेपालीलाई भारतबिरोधी कित्तामा मात्र लैजान्छ । यसबाट स्वंय भारतलाई धेरै घाटा हुन्छ । यो कुरा नबुझेमा भारतले ठुलो मूल्य चुकाउनुपर्नेछ, जो समयको गर्भमा छ । अत्ः हामी कुनैपनि प्रकारको हस्तक्षेप र अतिक्रमण सहन्नौं खबरदार होसियार ।