Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    बलात्कार कि बार्गेनिङ ?

    किशोर बुढाथोकी/विराटनगर/विराटनगर महानगरपालिका–४ की ३६ वर्षीया महिला आफू बलात्कृत भएको भन्दै २०७६ साल जेठ ३ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेली पुगिन्। नेपाल–बंगलादेश बैंक कर्सिया शाखाका प्रमुख ४१ वर्षीय अमित बास्तोलाले बैंकबाट ऋण दिने प्रलोभन देखाएर आफूलाई बलात्कार गरेको भन्दै उनले किटानी जाहेरी दिइन्। घटनाको प्रकृति हेरेर अलमलमा परेको प्रहरीले तत्काल जाहेरी लिएन। विभिन्न निकायबाट…

    Read More
  • मृगौला पिडित श्रेष्ठद्धारा सहयोगको याचना

    वि वि श्रेष्ठ/दमौली, तनहुँ/ साविक गुणादी गाविस दभुङ्ग, हाल व्यास न.पा–४ मा वस्दै आउनुभएको रामलाल श्रेष्ठको दुवै मृगौलाले काम गर्न नसक्ने भएको छ । लामो समयसम्म शिक्षण पेशामा आवद्ध हुनुभएको रामलाल श्रेष्ठ विगत १८ महिना देखी मृगौलाले काम गर्न छाडेपछि समस्यामा पर्नु भएको हो । मृगौलाले काम गर्न छाडेपछि पोखरामा उपचार गराउनुभएको श्रेष्ठको हाल दमौली अस्पतालमा…

    Read More
  • मुख्य समाचार

    लापरवाहीले फैलियो कोरोना

    विराटनगर /सरकारले लकडाउन खुल्ला गरेको एक सातामा प्रदेश १ मा दैनिक संक्रमित बढ्न थालेका छन्। सोमबार प्रदेश १ मा हालसम्मकै सबैभन्दा बढी ५७ जना संक्रमित थपिए। प्रदेश १ का मुख्य न्यायाधिवक्ता र उनका परिवारमा समेत संक्रमण देखिएको छ। लकडाउन खुलेको एक सातामा कोरोना संक्रमण मुख्य सहरसँगै अस्पताल, प्रहरी र प्रदेशका उच्च पदस्थ व्यक्तिसम्म पुगेको स्विकार्छन्…

    Read More
  • मुख्य समाचार

    यसरी सल्किँदै छ संक्रमण, स्थिति भयावह बन्दै

    काठमाडौं/नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय…

    Read More
  • चितवन सेरोफेरो

    लायन्स क्लब अफ नारायणी सेन्ट्रलको नेतृत्व लामालाई हस्तान्तरण

    चितवन/लायन्स क्लब अफ नारायणी सेन्ट्रल लायन बर्ष २०२०, २१ को लागि नेतृत्व कृष्ण लामालाई हस्तान्तरण गरिएको छ । आईतवार नारायणगढमा एक कार्यक्रमका बीच सेन्ट्रलका संस्थापक अध्यक्ष एवं एमजेफ डासीराम ढकाल लामालाई हस्तान्तरण गर्नुभएको हो । पद हस्तान्तरणपछि बोल्दै लामाले नवलपुर र चितवनका सबै लायन्स सदस्यहरुलाई समेटेर उचाईमा पुरयाउने बताउनु भयो । आगामी दिनमा क्लब सामाजिक…

    Read More
  • मुख्य समाचार

    मुस्लिम धर्मावलम्बीले हर्षोल्लासका साथ बकर इद मनाउँदै

    काठमाडौँ/मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान…

    Read More
  • अपराध/दुर्घटना

    करोडौंको सरकारी जग्गामा साढे दुई दशकदेखि व्यक्तिको रजाँई

    काठमाडौं/कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका छन्। कुँवर बल्खुस्थित ललितपुर ढुंगा रोडा कम्पनी प्रालिका सञ्चालक हुन्। उनले चक्रपथबाहिर वाग्मती र बल्खु खोलाको बीचमा रहेको जग्गा कहिले…

    Read More
  • चितवन सेरोफेरो

    चेपाङलाई कुटपिट गर्ने सैनिकलाई कारवाही गर्ने सहमतिपछि परिवारले शव बुझ्ने भए ।

    चितवन/चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटपिटबाट मारिएका पूर्वीचितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव अब भने परिवारले बुझ्ने भएको छ । आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षिय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शव बुझ्ने भएको हो । सर्वपक्षीय बैठकले राजकुमार चेपाङलाई कुटपिट गर्ने सैनिकलाई कानुनी दायरामा…

    Read More
  • चितवन सेरोफेरो

    पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओ सहित तीन सङ्क्रमितको मृत्यु

    वीरगञ्ज/पर्सामा विहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्र्तगतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । गण्डक अस्थायी कोभिड अस्पतालमा शंकास्पद कोरोना संक्रमितको रुपमा साउन १३ गते देखि उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा…

    Read More
  • मुख्य समाचार

    बडाकाजी अमरसिह थापालाई सलाम !

    डडेल्धुरा/डडेल्धुरामा अवस्थित अमरगढी किल्लाको प्रवेशद्वारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ लेखिएको छ । त्यही किल्लाको नामले डडेल्धुरा जिल्ला सदरमुकाम रहेको नगरपालिकाको नामाकरण भएको छ अमरगढी । तत्कालीन श्री ५ रणबहादुर शाहको शासनकालमा तथा राजकुमार बहादुर शाहको नायवीमा नेपाल एकीकरणको सिलसिलामा वि.स.१८४७ भदौ १३ गते आईतबारका…

    Read More