चेपाङलाई कुटपिट गर्ने सैनिकलाई कारवाही गर्ने सहमतिपछि परिवारले शव बुझ्ने भए ।

चितवन/चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटपिटबाट मारिएका पूर्वीचितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव अब भने परिवारले बुझ्ने भएको छ ।

आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षिय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शव बुझ्ने भएको हो ।

सर्वपक्षीय बैठकले राजकुमार चेपाङलाई कुटपिट गर्ने सैनिकलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने, मृतक राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतक राजकुमारको घर निर्माणमा आवश्यक बनपैदावर, कच्चापदार्थ र श्रम समेत निःशुल्क उपलब्ध गराउने, मृतक राजकुमारको परिवारलाई राहतस्वरूप रु १० लाख रकम उपलब्ध गराउन पहल गर्ने, मृतक राजकुमार चेपाङको शव परिवारले बुझि अन्त्यष्ठी गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।