मृगौला पिडित श्रेष्ठद्धारा सहयोगको याचना

वि वि श्रेष्ठ/दमौली, तनहुँ/ साविक गुणादी गाविस दभुङ्ग, हाल व्यास न.पा–४ मा वस्दै आउनुभएको रामलाल श्रेष्ठको दुवै मृगौलाले काम गर्न नसक्ने भएको छ । लामो समयसम्म शिक्षण पेशामा आवद्ध हुनुभएको रामलाल श्रेष्ठ विगत १८ महिना देखी मृगौलाले काम गर्न छाडेपछि समस्यामा पर्नु भएको हो । मृगौलाले काम गर्न छाडेपछि पोखरामा उपचार गराउनुभएको श्रेष्ठको हाल दमौली अस्पतालमा नियमित हप्ताको २ दिन डायलसिस गर्दे आईरहनुभएको छ ।

मृगौलाले काम गर्न नसकेपछि शिक्षण पेशावाट राजिनामा दिएर उपचार गर्दे आउनुभएको ५५ वर्षिय रामलाल श्रेष्ठ लामो समयदेखि उपचार गर्दा घरायसी आर्थिक अवस्था नाजुक भएको वताउनुभयो । उपचारको लागी ठुलो रकम लाग्ने भएको हुदाँ अवको उपचार कसरी गर्ने भन्नेमा चिन्तित भएको वताउनुभयो । लामो समय देखि शिक्षण पेशामा लागेर समाज परिवर्तनका लागी महत्वपुर्ण भुमिका खेलेको हुदाँ वाकी जीवन पनि उपचार पछि समाजसेवामा लाग्ने आशा रहेको वताउनुभयो ।

नियमित डायलसिस गर्नुपर्ने या मृगौला फेर्नु पर्ने वाध्यता रहेको श्रेष्ठले आफन्त तथा साथीभाईहरुले सक्दो आर्थिक सहयोग गरेमा मृगौला फेर्न र वाकी उपचारमा सहयोग हुने हुदाँ सहयोगका लागी अपिल समेत गर्नुभयो ।  लामो समयदेखि उपचार गर्दा भएको रकम पनि सकिएको र ऋण पनि लागेको हुदाँ वाकीको औषधी उपचार कसरी गर्ने भन्ने चिन्ता रहेको श्रेष्ठको श्रीमति यशोदा श्रेष्ठले वताउनुभयो । आफन्तको आर्शिवाद र सहयोग नै अव हाम्रो वाँच्ने आधार हो, यसका लागी हामी सकेको सहयोगको याचना गर्दछौ, मृगौला पिडित श्रेष्ठले भन्नुभयो ।