पर्सामा जगदम्बा इन्टरप्राइजेजका सीईओ सहित तीन सङ्क्रमितको मृत्यु

वीरगञ्ज/पर्सामा विहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्र्तगतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
गण्डक अस्थायी कोभिड अस्पतालमा शंकास्पद कोरोना संक्रमितको रुपमा साउन १३ गते देखि उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवकको विहीबार मृत्यु भएको थियो भने वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका ७० वर्षिय वृद्धको आफ्नै घरमा मृत्यु भएको थियो । विहीबार मृत्युभएका दुबै जनाको पिसिआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएकाले पर्सामा विहीबार जगदम्बाका सीईओ सहित तीन जना संक्रमितको मृत्यु भएको हो ।
कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित सीईओको केही समयअघि मुटुको बाइपास शल्यक्रिया गरिएको र कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गतेदेखि कोरोना अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । विहीबार राती पौनै ११ बजे सीईओको मृत्यु भएको डा. सिंहले जानकारी दिनु भयो ।
त्यस्तैगरी नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा शंकास्पद कोरोना संक्रमितको रुपमा साउन १३ गते देखि उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवकको विहीबार मृत्यु भएको थियो ।
३५ वर्षिय युवकको विहीबार बेलुकी ८ बजे उपचारकोक्रममा मृत्यु भएको हो भने राती सुतेका ७० वर्षिय वृद्ध बिहान मृत अवस्थामा आफ्नै घरमा फेला परेका हुन् । दुबै मृतकमा कोरोना संक्रमण भएको विहीबार राती १० बजे पुष्टि भएको हो । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालमा गरिएको स्बाव परिक्षणमा मृतक दुबै जनाको रिर्पोट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताउनु भयो ।
साउन ५ गते ज्वरो आएपछि स्थानीय क्लिनिकमा जचाँएर औषधी सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि तराई हस्पिटलमा उपचार गराउन पुगेका थिए । तराई हस्पिटलमा भर्ना भएर उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाई साउन १३ गते गण्डक अस्थायी कोभिड अस्पतालमा लगी उपचार सुरु गरिएको थियो । साउन १३ गतेदेखि गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत ३५ वर्षिय युवकको १५ गते विहीबा साझ ८ बजे मृत्यु भएको थियो ।
त्यस्तैगरी छपकैयास्थित घरमा एक्लै बस्दै आएका ७० वर्षिय बृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए । राती सुतेका बृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा बृद्ध कोठामा मृत अवस्थामा भेटिएका थिए ।
साउन १ गते देखि हालसम्म पर्सामा कोरोना संक्रमण भएका १० जनाको मृत्यु भइसकेको छ भने अझ ४ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. निरजकुमार सिंहले जानकारी दिनुभयो । अवस्था गम्भिर रहनेमा तीन जना आईसियूमा उपचाररत संक्रमित हुन भने एक जना शंकास्पद संक्रमित हुन् । उक्त कोरोना अस्पतालमा उपचाररत अधिकांश संक्रमितहरुमा कोरोनाको जस्तै लक्षणहरु देखिएको छ । आजको गोरखापत्र दैनिकबाट