बडाकाजी अमरसिह थापालाई सलाम !

डडेल्धुरा/डडेल्धुरामा अवस्थित अमरगढी किल्लाको प्रवेशद्वारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ लेखिएको छ । त्यही किल्लाको नामले डडेल्धुरा जिल्ला सदरमुकाम रहेको नगरपालिकाको नामाकरण भएको छ अमरगढी ।

तत्कालीन श्री ५ रणबहादुर शाहको शासनकालमा तथा राजकुमार बहादुर शाहको नायवीमा नेपाल एकीकरणको सिलसिलामा वि.स.१८४७ भदौ १३ गते आईतबारका दिन सेती नदीको नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएको दश कम्पनीका गोरखाली सैनिक जवान र डोटेली सैनिकको बीचमा घमासान युद्ध भएको थियो ।

सो युद्धमा गोरखाली फौजसामु डोटेली फौज पराजय भईसकेपछि डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र वि.स. १८४७ मै कर्णाली पश्चिमका भु–भागमा शासन व्यवस्था युद्ध विस्तार गर्न अमरसिह थापा प्रमुख प्रशासक नियुक्त भएका थिए । प्रशासक नियुक्त भएकै बर्ष ढुंगे किल्लाको निर्माण गरि यसै किल्लालाई आधार आधारशिला बनाई विजयी अभियानको थालनी गरेका थिए ।

वि.स/ १८४७ चैत्र १५ गतेका दिन कुमाउको राजधानी अलमोडामा राजा महेन्द्र चन्द सन् १८०४ जनवरीमा गडवालका राजा प्रधान शाह र सन १८०७ भाद्रमा काँकडामा राजा संसार चन्दलाई पराजित गरी गोरखा राज्यको सिमाना विस्तार गरेका थिए ।

किल्ला निर्माण भइसकेपछि सरदार अमरसिंह थापा,काजी जगतजित पाण्डे,कप्तान गोलैया, रणवीर खत्री सुब्बा आदि सैनिक नेतृत्वले अमरगढी किल्लालाई आधार किल्ला कायम गरेका थिए । अमरसिंह थापाको रणकौशलता तथा गोर्खाली सैनिकको अभूतपूर्व प्रर्दशनले विरोधीमाथि जिवय हासिल गरेपछि अमरगढी किल्लाको मातहतमा रहने गरी एउटा९छाउनी० कुमाउमा समेत राखिएको थियो । विशाल किल्लाकै कारण १८७३ को अंग्रेजसितको लडाइँमा पनि बिजयी भएकोले यस अमरगढी किल्लाको सामरिक महत्व बढेको हो ।

यस विशाल ढुङ्गे किल्लाको निर्माण कलातमक र चारैतिर ढुङ्गाले बनाईएको र किल्लाभित्र विभिन्न गुफाहरु निर्माण गरिएका छन् । किल्ला भित्र युद्ध गर्न सैनिकको लागी २२ वटा गुफाहरु बनाईएका छन् त्यस्तै युद्ध छल्न तथा सफलताका लागि शशस्त्र निरोध गर्ने मार्ग निर्माण गरिएको छ । किल्लाको बिच भागमा भैरवको मन्दिरले धार्मीक महत्व पनि झल्काएको छ ।

अमरसिह थापाले डडेल्धुरा जिल्लामा वि.स. १९४७ मा अमरगढी किल्ला निर्माण गरेको र सोही अमरगढी किल्लाको नामले वि.स. २०५३ सालमा अमरगढी नगरपालिकाको नामाकरण भएको थियो तर अमरसिंह थापाको नामले नामाकरण भएको नगरपालिकाले २०४ वर्षपछि अमरसिह स्मृति दिवस मनाउने निर्णय गरेको छ ।

अमरसिंह थापा, पिता उमराव बाघ भीमसिंह थापा र माता उमादेवी थापाको माहिलो छोराका रुपमा वि.स. १८०८ साल साउन १२ गते तनहुँ वतनचोकमा जन्म भई १८७३ साउन १६ गते गोसाईकुण्डको हिमालयतिर नै ब्रह्मलीन भए । त्यस्ता वीरयोद्धाको मरणका बारेमा राष्ट्रको चासो भने कमै देखिन्छ ।

गोरखाको सिरानचोकमा वि.स. १८०८ पुर्णिमाको दिन जन्मेका बडाकाजी अमरसिह थापाको वि।स। १८७३ साउन १६ गते मृत्यु भएको दिनलाई अमरगढी नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले बताए । उनले भने राष्ट्रिय विभुति अमरसिह थापाकाले नामले नगरपालिकाको नामाकरण भएको छ अमरसिह थापालाई नगरपालिकाले विर्सने कुरा हुँदैन र अमरसिह थापाले निर्माण गरेको किल्ला संरक्षण र सम्बद्र्धनका लागि मेरो नेतृत्वको टिम व्यवस्थित रुपमा अगाढी बढेको छ । नगर प्रमुख ओझाले भने तत्कालिन युद्धमा प्रयोग भएका हातहतियार र युद्ध लड्दा सैनिकले प्रयोग गरेका पोशाकहरु किल्लामा फिर्ता ल्याउने गरि पहल भईरहको छ ।

अमरगढी नगरपालिकाले ढिलै भएपनि राष्ट्रिय विभुति बडाकाजी अमरसिह थापाको स्मृति दिवस साउन १६ गते दिवस मनाउने र थापाको स्मृति दिवसमा नगरपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय ऐतिहासिक भएको अमरगढी किल्लाका जानकार शुरेश थापाले बताए । उनले भने थापाद्धारा निर्माण गरिएको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न र तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको स्मृति दिवस मनाउनु आवश्यक नै थियो ।

अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझाको विशेष पहलमा नेपाल सरकारले नै घोषणा गरेको १०० पर्यटीय गन्तव्यहरुमा अमरगढी किल्ला परेको छ । अमरगढी नगरपालिकाको नगरप्रमुखमा विशेश्वर प्रसाद ओझा निर्वाचित भएसंगै पर्यटकिय क्षेत्रहरुको संरक्षण सम्बद्र्धन र प्रचार प्रसारको कार्य व्यवस्थित रुपमा हुदै आएको छ ।

अमरगढी नगरपालिकाले २०५६ सालमा किल्लालाई आफ्नो मातहतमा लिएको थियो तर २०५८ सालमा तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिनका लागि अमरगढी किल्लालाई पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएको थियो ।

सेनाले किल्लालाई आफ्नो मातहतमा लिएपछि पर्यटकहरुलाई किल्ला प्रवेशमा रोक लगाएको थियो २०५८ सालदेखी २०६६ सालसम्म सेनाकै मातहतमा रहेको किल्लामा तत्कालिन पूर्व प्रधानमन्त्री तथा हाल नेकपाका अध्यक्ष पुष्ककमल दाहाललाई समेत किल्ला अवलोकनमा सेनाले रोक लगाएको थियो ।

२०६६ सालदेखी पुनः अमरगढी किल्लालाई अमरगढी नगरपालिकाले रेखदेख गर्दै आएको छ । नेपालमा अमरगढी किल्ला जस्तो जिवित किल्लाहरु अहिले कहि कतै नभएको र यो किल्लाको लामो ईतिहास रहेको छ ।

अमरगढी किल्लाभित्रका अतियार खै ?
बडाकाजी अमरसिंह थापाले वि.स. १८४७ मा स्थापना गरेको यस अमरगढी किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार हाल किल्ला भित्र भेटाईदैन । आफु बच्चा हुदाँ अमरगढी किल्लामा बुवा सैनिक हल्दार रहेको र बुवासंगै किल्लाभित्र जाने गरेको किल्लाका जानकार नरेश थापाको भनाईछ । उनले भने त्यतिवेलाको हवल्दार भनेको सैनिक भित्रै ठुलै सम्मान पाईन्थ्यो बुवा संगै किल्लामा गएर खेल्ने गरेको थिए र नेपाल एकीकरण गर्दाका तोप, बन्दुक, घरेलु भाला, गालीलगायतका ऐतिहासिक हतियारहरु देखेको दिए तर विस्तारै पछि ती हतियारहरु कसरी हराए कता गायब भए थाहै भएन ।

युद्धमा प्रयोग भएका बन्दुक तथा तोपहरुले त्यसबेला प्रत्येक वर्ष दशैँको फूलपातीका दिन किल्लामा रहेका सैनिकले टुडिखेलमा तोप लगेर पट्काउने गरेका थिए । किल्लामा आफैँ पड्किने भीमसेन नाल बन्दुक रहेको र प्रत्येक दशैँको दिन कपडाको खोलले ढाक्ने गरिएको थियो । पछि खड्गदल गण तत्कालीन शाही सेना बसेको र सरुवा भएर जादाँ हतियार लिएर गएको हुनसक्ने बुढापाकाहरुको अनुमान रहको छ ।

किल्लामा त्यससमयमा पाँच वटा तोप,दर्जन बढी घरेलु हतियार,सयजती बन्दुक,किल्लाभित्र नै बम गोला बारुद बनाउने छुट्टा छुट्टै घर र अन्य युद्ध सामाग्रीहरु रहेको किल्ला नजिक बस्ने स्थानीयहरु बताउछन् । अहिले किल्ला हेर्न घुम्न आउने पर्यटकहरुले ती कुनै पनि हातहतियार देख्न पाउदैनन् ।

समुन्द्र सतहबाट करिब ६ हजार ५०० फिट उचाईमा रहेकोे अमरगढी किल्ला यस क्षेत्रको प्रमुख पर्यटकिय स्थलका रुपमा रहेको किल्लाभित्र एकिकरण गर्दा प्रयोग भएका हातहतियार,तत्कालिन सैनिकले प्रयोग गरेका सैनिक पोशाकहरुको खोजीकार्य गरि किल्लाभित्र राखिनु जरुरी छ । तत्कालिन सैनिकले पानी लिनका लागी किल्लाभित्र बाटै ठुलधारासम्म बनाएको सुरुङमार्ग सुचारु गर्ने र किल्लाभित्र भएका पुराना बंकरहरुलाई व्यवस्थित गराई आन्तरिक तथा बाह्य पर्यटकहरुले देख्न र अध्ययन गर्न बनाउनु आवश्यक छ ।

पुर्खाको अस्तित्व जोगाउँदै ऐतिहासिक,प्रतिभाशाली, राष्ट्रप्रेमी वीर योद्धा जस्ता महान व्यक्तिको सही र महत्वपूर्ण पहिचान राख्नुपर्छ त्यही भएर अग्रपंक्तिमा आएका र पछि आउने सम्भावना भएका राष्ट्रिय व्यक्तिलाई समयमै पहिचान र खोजी गरी संरक्षित गर्न आवश्यक छ ।

जिवन्त अमरगढी किल्लाको संरक्षण र सम्वद्र्धनमा डडेल्धुराका सवै नागरिकहरुको पहलमा मात्रै सम्भव देखिन्छ । अन्तमा ज्यूँदो बाघ, बडाकाजी अमरसिह थापालाई सलाम ।

आजको राजधानी दैनिकबाट