| 
  • पर्यटकीय गन्तव्य मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा

    चितवन/आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत

    चितवन/भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम केन्द्रीय बस ट्रमिनलबाट टिकौलीसम्मको बाहेक अन्यत्रको भूमिगत गर्ने काम सम्पन्न भएकोे जनाएको छ । आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रर्मिलनसम्मको सडकमा भूमिगत गर्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवन निकुञ्जमा गैँडासँग रमाउँछन् पर्यटक

    चितवन/गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न पुग्नुभएकी खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले ३५ वटा हाराहारी एकसिङ्गे गैँडा देख्नुभयो । उहाँले एउटै घाँसे मैदानमा आठ वटा गैँडामात्र देख्नु भएन ढुक्कसँग बाघ हेर्ने अवसरसमेत पाउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा घुम्न आउनेहरू यतिबेला दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालुजस्ता जनावर…

    Read More
  • चितवन सेरोफेरो

    ८बर्ष जापानको अनुभव स्वदेशमा उपयोग !

    २६ बैशाख/चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित नारायणगढको इन्द्रदेव हल रोडमा अर्बन नेष्ट बुटिक तथा रेण्टल शप सञ्चालनमा आएको छ । सबै उमेर समुहलाई लक्षित गरी क्लासिकल देखि नयांँ डिजाइनका फेशन तथा पोशाकहरु उपलब्ध गराउने उद्धेश्य सहित शुक्रबार बाट बुटिक सञ्चालनमा ल्याईएको हो । बुटिकका सञ्चालिका सुनिता घिमिरेले चितवनमै गुणस्तरीय तथा नयांँ तथा क्लासिक डिजाईनका…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

    चितवन/चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैत सम्ममा एक लाख ८२ हजार २२७ जना पर्यटकले निकुञ्ज घुमेका छन्…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई भोलि प्रशिक्षण दिइँदै, प्रदिप ज्ञवाली आउने

    चितवन/चितवनमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइने भएको छ ।नेकपा एमाले चितवनको आयोजनामा चितवनबाट स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले उप महासचिव प्रदिप ज्ञवालीको प्रमुख उपस्थिति रहने एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ-बुटवल सडक : वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी आवागमन बन्द

    मध्यविन्दु/नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी…

    Read More
  • चितवन सेरोफेरो

    चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

    लमजुङ/यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घैँटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो । तर अब ती इतिहास भइसके । कहीँकतै भग्नावशेष…

    Read More
  • चितवन सेरोफेरो

    एउटै शिविरमा छ सय जनाको मुटुको परीक्षण

    चितवन/सहिद गङ्गालाल हृदयरोग केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरमा मुटुको स्वास्थ्य परीक्षण गरेको छ । जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको निःशुल्क शिविरमा ६५० जनाको परीक्षण गरिएको । केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीका अनुसार सहिद गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा रवि मल्ल नेतृत्वको १८ जना विशेषज्ञ चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले ‘इको’, ‘इसिजी’ परीक्षण गर्नुका साथै…

    Read More
  • चितवन सेरोफेरो

    वर्षाले नारायणगढ-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

    नवलपुर,(नवलपरासी)/गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । उहाँले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा…

    Read More