चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द

चितवन/चितवन प्रशासनले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी आवागमन पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

आज साँझ बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो । नारायणघाट मुग्लिन सडक खण्डमा जोखिम बढेकोले सवारी आवागनमा पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । यस्तै बैठकले
बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर ,नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

केहीबेर अघि जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा, होटल व्यवसायी संघ, हान र सरोकारवालाको बीचमा भएको बैठक बसेको थियो ।