सिंहदरबार जलिरहँदा महानगर चुप थिएनः बालेन
काठमाडौं/काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा भएको आगलागीमा महानगरको दमकलले भूमिका नखेलेको भन्दै आफूमाथि लगाइएका आरोपहरूको खण्डन गरेका छन्।
मंगलबार साँझ एक लामो सामाजिक सञ्जाल स्टाटस लेख्दै उनले अराजक परिस्थितिका बीच पनि महानगरको टोलीले ज्यानको जोखिम मोलेर ५५ भन्दा बढी स्थानमा आगो निभाएको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।
‘यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो रु सिंहदरबार जलाउने नै बालेन शाह हो १ जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्,’ शाहले लेखेका छन्, ‘हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।’
उनले भदौ २४ गतेको दिन देश नै अस्तव्यस्त र राज्य ठप्प भएको अवस्थामा पनि स्थानीय सरकार आफ्नो दायित्वबाट पछि नहटेको स्पष्ट पारे। उनका अनुसार, सिंहदरबारमा आगो लागेलगत्तै दमकल पठाउने प्रयास भए पनि आन्दोलनकारीको अवरोधका कारण सम्भव भएको थिएन।
मेयर शाहले भदौ २३ देखि २८ गतेसम्म महानगरका ५ वटा दमकल ५५ पटकभन्दा बढी आगलागी नियन्त्रणमा खटिएको तथ्यांक प्रस्तुत गरे। जसअनुसार, सिंहदरबारमा मात्रै चार पटक, संसद भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, विभिन्न प्रहरी वृत्त, भाटभटेनी सुपरमार्केटका शाखाहरू, निजी घर तथा गोदामहरूमा समेत दमकल पुगेको थियो।