चितवन र धादिङमा पहिरो खस्यो, बाटो बन्द
चितवन/चितवन र धादिङमा पहिरो खस्दा बाटो बन्द भएको छ ।रातीदेखीको निरन्तरको वर्षाले पहिरो खस्दा चितवनको नारायणघाट-मुग्लिन सडक खण्ड र मुग्लिन-नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको हो ।
नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन-नागढुङ्गा सडक खण्डको धादिङस्थित जवाङ खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले जानकारी दिए ।