हंस सहकारीद्वारा बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न!
चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बडादशैँ २०८२ को पावन अवसरमा आपसी सद्भाव, भातृत्व, एकता र सहकार्यलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुभकामना मन्तव्य राख्दै कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाकी अधिकृत एवम् संस्थाकी सेयर सदस्य रोजी केसीले सहकारी र स्थानीय सरकारबीचको सहकार्य अझै सुदृढ हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रमका विशेष अतिथि संस्थाका सेयर सदस्य एवम् संविधानसभा सदस्य गीता वाग्लेले सहकारी संस्था केवल आर्थिक क्रियाकलापमा सीमित नभई समाजमा एकताको आधार निर्माण गर्ने केन्द्र बन्न सक्ने धारणा राखिन् ।
सस्थाको प्रधान कार्यलय शहिदचोक नारायणघाटमा आज बिहिवार भएको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले गरेका थिए भने संचालन प्रबन्धक नारायण प्रसाद सापकोटाले गरेका थिए।
कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष बाबुराम अधिकारी,लेखा समितिका संयोजक गोबिन्द पौडेल, संचालकहरु प्रा.डा. होमनाथ सापकोटा, षडानन्द लामिछाने, ध्रुव ओझा, अनिता मैनाली र सूर्य बरालसहित उपसमिति तथा शेयर सदस्यहरू लगाएतले सहकारी सस्थालाई थप मजबुत तरिकाले संचालन गर्न सुझाउनुका साथै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।