| 
  • मुख्य पृष्ठ

    गोरखामा नेपाली कांग्रेसविरुद्ध आचारसंहिता उल्लंघन गरेको उजुरी

    गोरखा/गोरखामा नेपाली कांग्रेसका उम्मेदवारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालका अनुसार गोरखा नगरपालिका–१० मा मंगलबार आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको हो । उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको पाँच दलीय गठबन्धनले सार्वजनिक ग¥यो प्रतिवद्धता–पत्र

    चितवन/रासस/भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । आज चितवनमा आयोजित कार्यक्रममा महानगर प्रमुखका उम्मेदवार रेनु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी गर्नु भएको हो । सङ्कल्प–पत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक ५ हजार रुपैयाँ भत्ता दिइनेसहितका कार्यक्रम समावेश गरिएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    थप ३२ जनामा कोरोना पुष्टि

    काठमाडौं/देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २१७ जना…

    Read More
  • मुख्य पृष्ठ

    तत्काल नेपालमा इन्टरनेट सेवा नरोकिने

    काठमाण्डौ/नेपालमा तत्कालको लागि इन्टरनेट सेवा नरोकिने भएको छ । नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि तिर्न नपाउँदा चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए। तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नरोक्ने सहमति भएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    जगन्‍नाथजीको उमेदवारीले खासै असर गर्दैन : रेणु दाहाल

    चितवन/भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर कुलप्रसाद काफ्लेले मेयरकी उमेदवार रेणु दाहालसँग गरेको कुराकानीः चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउने

    काठमाण्डौं/एजेन्सी/आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेको छैन । नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय…

    Read More
  • मुख्य पृष्ठ

    आज सार्वजनिक बिदा

    काठमाडौं/सरकारले ईदुल फित्रको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)को अवसरमा आज सार्वजनिक बिदा दिएको जनाएको छ। ‘मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम उक्त बिदा २०वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना…

    Read More
  • मुख्य पृष्ठ

    देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाण्डौ/आज मङ्गलवार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने अनुमान छ…

    Read More
  • मुख्य पृष्ठ

    ईद उल फित्र मनाइँदै

    काठमाण्डौ/आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई…

    Read More
  • अपराध/दुर्घटना

    गोरखामा जीप दुर्घटना हुँदा तिन जनाको मृत्यु

    गोरखा/गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा हिजो सोमवार बेलुकी जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । चितवनबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्बरको जीप गोरखाबाट चितवन फर्कने क्रममा हिजो बेलुकी सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरे भिरबाट तल खसेको हो । दुर्घटनामा परेर बारपाक सुलिकोट गाउँपालिका ५ का ५० वर्षीय देवीप्रसाद पोखरेल, कावासोती…

    Read More