| 
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु गाउँ प्रवेश गर्न थालेपछि नियन्त्रणको माग गर्दै ज्ञापनपत्र

    चितवन/रासस/चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दैै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् । मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत वन्यजन्तुका कारण असुरक्षा बढेको…

    Read More
  • मुख्य पृष्ठ

    पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना

    काठमाण्डौं/नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। यसले गर्दा चिसो हावा चल्न थालेको छ भने आज पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । यो प्रणालीका कारण आज कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा मौसम बद्ली हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मौसमविद् मानन्धरका अनुसार यसको…

    Read More
  • अपराध/दुर्घटना

    एम्बुलेन्सको ठक्करबाट भरतपुरमा पैदल यात्रीको मृत्यु

    चितवन/एम्बुलेन्सको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका–१५ मा पैदल यात्रीको मृत्यु भएको छ । से १ च ५८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अन्दाजी ३५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको हो । मृत्यु हुने व्यक्तिको परिचय खुलेको…

    Read More
  • मुख्य पृष्ठ

    वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

    काठमाडौं/लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा मतदान नगर्ने भएका छन् । नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए ।…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस महाधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान

    काठमाण्डौं/नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वको लागि मतदान हुँदैछ । १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयन गर्न मतदान हुन लागेको हो । बिहान आठ बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि तीन ठाउँमा मतदान केन्द्र स्थापना गरिएको छ । राष्ट्रिय सभागृहमा पार्टी…

    Read More
  • अपराध/दुर्घटना

    युट्युबमा अश्लील शीर्षक राखेर भिडियो राख्ने एक जना पक्राउ

    काठमाण्डौ/युट्युबमा अश्लील शीर्षक राखेर भिडियो राख्ने एक जनालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले कालीकोटको पताँला झरना गाउँपालिका घर भएका ४१ वर्षीय भरतबहादुर तिरुवालाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान…

    Read More
  • मुख्य पृष्ठ

    शैक्षिक क्रियाकलाप अवलोकनको लागि विप्लव खोटाङमा

    खोटाङ/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खोटाङमा वैकल्पिक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउन्डेसनको शैक्षिक क्रियाकलाप अवलोकन गरेका छन् । खोटाङ, सोलुखुम्बु र भोजपुरका जिल्ला कमिटी सदस्यलाई आन्तरिक प्रशिक्षण दिन खोटाङ आइपुगेका महासचिव विप्लवले शुभद्रा(मदन फाउन्डेसनमार्फत सञ्चालन भइरहेको शिक्षण सिकाइ क्रियाकलाप अवलोकन गरेका हुन् । विद्यार्थीलाई ‘गरिखान सिकाउने’ प्राक्टिकल शिक्षाको अभ्यास गराउँदै आएको फाउन्डेसनमा विप्लवले…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण

    काठमाडौं/पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सभापतिमा ५ जनाको उम्मेदवारी

    काठमाण्डौं/कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको हो । जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । शनिबार नयाँ केन्द्रीय समितिको…

    Read More