Breaking News

आज सार्वजनिक बिदा

काठमाडौं/सरकारले ईदुल फित्रको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)को अवसरमा आज सार्वजनिक बिदा दिएको जनाएको छ।

‘मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम उक्त बिदा २०वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहले जारी गरेको सूचनामा लेखिएको छ । मंगलबार ईद परेको भन्ने मुस्लिम आयोगका सिफारिसका आधारमा गृहले सार्वजनिक बिदाको सूचना जारी गरेको हो।

sahid diwas