Breaking News

गोरखामा नेपाली कांग्रेसविरुद्ध आचारसंहिता उल्लंघन गरेको उजुरी

गोरखा/गोरखामा नेपाली कांग्रेसका उम्मेदवारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालका अनुसार गोरखा नगरपालिका–१० मा मंगलबार आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको हो ।

उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ ।’ सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिताविपरीत कांग्रेसका उम्मेदवारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयोग गरेको आरोपसहित मौखिक उजुरी परेको बरालले जानकारी दिए ।

sahid diwas