Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सुन तस्करीको ट्रान्जिट प्वाईन्ट : मालागढी

      रसुवा — तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन । सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो…

    Read More
  • चितवनको सौंराहामा पुस ११ बाट हात्ती महोत्सव हुँदैं

    चितवन । नेपालकैं तेश्रो पर्यटकीय गन्तब्यको रुपमा परिचित चितवनको सौंराहामा हरेक बर्ष मनाईदैं आएको हात्ती महोत्सव आगामी पुस ११ बाट हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन शाखाको आयोजनमा हुने १५ औं हात्ती महोत्सव पुस १५ गतेसम्म ५ दिन चल्ने आयोजकले जनाएको छ । महोत्सवको बारेमा जानकारी दिने उध्येश्यले क्षेत्रीय होटल संघले आज…

    Read More
  • अज्ञात समुहको निशानामा चितवनका बिद्यालय

    चितवन, २३ मंसिर । चितवनको भरतपुरमा गएराती एक बिद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । भरतपुर महानगरपालिका वडा नं । ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट विज्ञान प्रयोगशालाका सामाग्री र विद्यालयका अन्य भौतिक संरचना तोडफोड गरी ७५ लाख बराबरको क्षति भएको विद्यालय स्रोतले जनाएको छ । यता, प्रहरीले…

    Read More
  • मनोमानी व्याख्या ! एउटै मुद्दामा दुई थरी आदेश,मागदाबीबिनै निषेधाज्ञा आदेश

    काठमाडौँ । प्रवेश परीक्षाबिनै मेडिकल कलेजमा विद्यार्थी भर्ना गरिएको विवादमा दुईवटा अदालतले दुई थरी आदेश दिएका छन् । प्रवेश परीक्षामा सामेल नभएका विदेशी विद्यार्थी भर्ना विवादमा उच्च अदालत पाटन र जनकपुरको वीरगन्ज इजलासको निर्णय बाझिएको हो । वीरगन्ज इजलासले वीरगन्जको नेसनल मेडिकल कलेजले नेपालमा प्रवेश परीक्षा उत्तीर्ण नगरेका विदेशी विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको…

    Read More
  • नयाँ मदिरा उद्योगलाई दर्ता गर्न रोक

    काठमाडौं — गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको…

    Read More
  • देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

      काठमाडौं — गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए । तर, त्यसको आधारिक…

    Read More
  • गणेस्थानधाममा आमाहरुको सक्रिय सहभागिता

    मंसिर १७ गते / गणेस्थानधाममा आयोजना गर्न लागिएको वृहत धनधान्याञ्चल सम्पन्न गर्नको लागि विभिन्न वडाका महिला समुह सक्रिय भएर लागेका छन् । आमा समुहको सक्रियतामा अहिले मन्दिर पसिरमा सरसफाई गर्ने पोत्ने काम भैरहेको छ । गणेशधाम निर्माणका लागि मंसिर २२ गतेदखि २९ गतेसम्म धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को आयोजना गरिएको छ ।…

    Read More
  • निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा प्रदर्शन ।

     चितवन , १७ मंसिर । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुले नारायणगढमा बिरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयद्वारा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा रामपुरका संयुक्त विद्यार्थी संघ/संगठनहरुले नारायणगढको बेलचोकबाट भरतपुरको गेष्ट हाउस चौरसम्म प्रदर्शन गरेका हुन् । विश्वविद्यालयले लुकीछिपी विद्यार्थी र देशकै हितविपरीत काम गरेकोले प्रदर्शन गरिएको अनेरास्ववियु रामपुर क्याम्पसका कार्यवाहक…

    Read More
  • काठमाडौंको पुर्वेली गेष्ट हाउसबाट ५ लाख नगद सहित १३ जना जुवाडे पक्राउ

    काठमाडौं – काठमाडौं महानगरपालिका–६ नयाँ बस्तिमा सञ्चालित पुर्वेली गेष्ट हाउसको जुवा खालमा प्रहरीले छापा मारेको छ । आईतबार राती साँढे १० बजे अच्युत नेपालको घरमा सञ्चालित गेष्ट हाउसमा जुवा खेलाईरहेको सुचनाको आधारमा छापा मारेर १३ जुवाडेलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत बौद्धका प्रमुख ९डिएसपी० नरेन्द्र चन्दले जानकारी दिए । राम कार्किको स्वामित्वमा रहेको गेष्ट हाउसमा…

    Read More
  • एसिया प्यासिफिक समिटः क्रिस्चियन समुदायको पनि विरोध

      काठमाडौं — युनिभर्सल पिस फेडेरसनका नाममा युनिफिकेसन चर्चका तर्फबाट नेपालमा भएको एसिया प्यासिफिक समिटको नेपाली क्रिस्चियनहरुले पनि विरोध गरेका छन् । आफुलाई जिससको सन्तान भन्ने सन म्योङ मुन र उनकी श्रीमती हाक जा हान मुनले पैसाको आडमा धर्मलाई विकृत बनाएको भन्दै विश्वभरि आलोचना हुँदै आएको छ । नेपालमा पनि सरकारको आडमा उनीहरुले क्रिस्चियन धर्मलाई…

    Read More