काठमाडौंको पुर्वेली गेष्ट हाउसबाट ५ लाख नगद सहित १३ जना जुवाडे पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–६ नयाँ बस्तिमा सञ्चालित पुर्वेली गेष्ट हाउसको जुवा खालमा प्रहरीले छापा मारेको छ ।

आईतबार राती साँढे १० बजे अच्युत नेपालको घरमा सञ्चालित गेष्ट हाउसमा जुवा खेलाईरहेको सुचनाको आधारमा छापा मारेर १३ जुवाडेलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत बौद्धका प्रमुख ९डिएसपी० नरेन्द्र चन्दले जानकारी दिए ।

राम कार्किको स्वामित्वमा रहेको गेष्ट हाउसमा जुवाडेहरुले प्रगोग गरेको १६ थान कौडा सहित ५ लाख ३१ हजार नेपाली रुपैँया प्रहरीले बरामद गरेको छ ।

बौद्ध प्रहरीका अनुसार जुवा खालबाट पक्राउ पर्नेहरु स्

१। सुशिल क्षेत्री, चन्द्रागिरी नगरपालिका–२

२। राज कुमार तिवारी, बारा

३। नेरेन्द्र मिश्र, काठमाडौं–७
४। विशाल सुनार, सिन्धुपाल्चोक

५। जोन श्रेष्ठ, काठमाडौं–७

६। राजु ब्लोन, शंखरापुर–८
७। महेश कुमार राई, उदयपुर

८। मान बहादुर मगर, उदयपुर

९। केशव नेपाल, काभ्रे

१०। युवराज गुरुङ, खोटाङ

११। दिपक राई, उदयपुर

१२। हरी तिमल्सिना, उदयपुर

१३। राम कार्की, धादिङ ।