देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

 


काठमाडौं — गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो ।

देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए ।

तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ।

नेपालको जनगण्ना ०६८ अनुसार १।४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन् ।

सन् २०२० मा ३।८ प्रतिशत नेपालीलाई क्रिश्चियन बनाउने लक्ष्यका साथ प्रचार प्रसार भइरहेको छ। विश्वमा तीव्र गतिमा क्रिश्चियन धर्मावलम्बी वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा पर्छ। , यो खबर आजको नयाँ पत्रिकामा  छ ।