अज्ञात समुहको निशानामा चितवनका बिद्यालय

 श्री माध्यमिक बिद्यालयमा तोडफोड ।


चितवन, २३ मंसिर । चितवनको भरतपुरमा गएराती एक बिद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । भरतपुर महानगरपालिका वडा नं । ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट विज्ञान प्रयोगशालाका सामाग्री र विद्यालयका अन्य भौतिक संरचना तोडफोड गरी ७५ लाख बराबरको क्षति भएको विद्यालय स्रोतले जनाएको छ । यता, प्रहरीले विद्यालय तोडफोडमा संलग्न रहेको आशंकामा ४ जनालाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।