एसिया प्यासिफिक समिटः क्रिस्चियन समुदायको पनि विरोध

 

काठमाडौं — युनिभर्सल पिस फेडेरसनका नाममा युनिफिकेसन चर्चका तर्फबाट नेपालमा भएको एसिया प्यासिफिक समिटको नेपाली क्रिस्चियनहरुले पनि विरोध गरेका छन् ।

आफुलाई जिससको सन्तान भन्ने सन म्योङ मुन र उनकी श्रीमती हाक जा हान मुनले पैसाको आडमा धर्मलाई विकृत बनाएको भन्दै विश्वभरि आलोचना हुँदै आएको छ ।

नेपालमा पनि सरकारको आडमा उनीहरुले क्रिस्चियन धर्मलाई बदनाम गरेको भन्दै विरोध भएको छ ।

ढोकाढोकामा बाईबल बाँड्ने यिनीहरुजस्ताले क्रिस्चियन धर्मको बदनामा गरेका छन्, हाम्रो धर्मले यस्तो सिकाउँदैन, अजाप्पे चर्चका पास्टर बुद्ध घिसिङले भने ।, यो खबर छ आजको नयाँ पत्रिकामा ।