गणेस्थानधाममा आमाहरुको सक्रिय सहभागिता


मंसिर १७ गते / गणेस्थानधाममा आयोजना गर्न लागिएको वृहत धनधान्याञ्चल सम्पन्न गर्नको लागि विभिन्न वडाका महिला समुह सक्रिय भएर लागेका छन् । आमा समुहको सक्रियतामा अहिले मन्दिर पसिरमा सरसफाई गर्ने पोत्ने काम भैरहेको छ ।
गणेशधाम निर्माणका लागि मंसिर २२ गतेदखि २९ गतेसम्म धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को आयोजना गरिएको छ । सो ज्ञान महायज्ञलाई सम्पन्न गर्नका लागि वडा नम्बर ११,१०,१२, र २ का आमा समुहहरु र टोल सुधारका अध्यक्षहरु अहोरात्र खटिएको शोभा यात्रा समिति संयोजक विष्णु सापककोटाले बताउनु भयो । वडा वडामा गएर आमा दिदी बहिनीहरु संग कुराकानी गर्दा सबैको साथ र हौसला पाएको सापकोटाले बताउनु भयो ।
गणेस्थान, नारयणगढ बजार र मालपोत चोकबाट निस्कने शोभा यात्रा र्यालीमा सहभागि मध्यबाट पाँच वटा समुहलाई पुरस्कारको व्यवस्था गरिएको सापकोटाले बताउनु भयो ।
गणेशधाम निर्माण गर्ने महाअभियानमा आफ्नो पनि सहभागिता जनाउन पाउदा निकै खुसी लागेको रमा अधिकारी बताउनु हुन्छ । अधिकारी हाम्रो गाँउ ठाउमा यति राम्रो र यति बिशाल पुर्णय कर्म हुन लागेको भन्दै उहाले सबेलाई सहभागि हुन समेत आग्रह गर्ननु भयो ।
महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिले तीव्रताका साथ काम गरिरहेको छ ।
महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिघा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ बिघामा तलाउ निर्माण गरिने छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, गणेश, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।