Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    गुल्मी/गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडाका लागि छुटेको लु ३ च ५३४० नम्बरको जीप गएराति कुढडाँडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परेर गुल्मीको सत्यवती गाउँपालिका–३ का ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिंजापती, ३०…

    Read More
  • मुख्य पृष्ठ

    गुल्मी २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी

    गुल्मी/गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई पराजित गर्दै नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन्। विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।        

    Read More
  • मुख्य पृष्ठ

    काठमाण्डौ क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार सोविता गौतम विजयी

    काठमाण्डौ/रासस/प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ । आज बिहान सम्पन्न काठमाण्डौ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधि सभा सदस्यतर्फ स्वतन्त्रकी उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । यस क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी…

    Read More
  • मुख्य पृष्ठ

    धादिङ क्षेत्र नं. १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै

    धादिङ/धादिङ क्षेत्र नं. १ को मा प्रतिनिधी सभा तर्फ गल्छि गाउँपालिकाको मतगणना सकिएपछि थाक्रे गाउँपालिकाको ५ वटा वडाको मतगणना सम्पन्न भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर १, २,५,९ र ११ को मतगणना हुँदा एकिकृत समाजवादीको उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ । उक्त वडाहरुमा पाण्डेले ३०९३ मत लेराएका छन् भने एमालेका उम्मेदवार भुमि त्रिपाठीले…

    Read More
  • खेलकुद

    विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित

    काठमाडौं/फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ । साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुप¥यो । यस हारपछि अर्जेन्टिनाले लगातार ३६…

    Read More
  • अपराध/दुर्घटना

    चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर मृत्यु

    चितवन/सवारी दुर्घटनामा परेर चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । उहाँ सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर…

    Read More
  • मुख्य पृष्ठ

    समानुपातिकतर्फ नेकपा एमालेको अग्रता, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रो स्थानमा

    काठमाण्डौ/समानुपातिकतर्फ नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजा अनुसार समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले ५३ हजार ३६० मत प्राप्त गरेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ४८ हजार ३७९ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले प्रतिनिधि सभा २३ हजार ५८१ मत प्राप्त…

    Read More
  • चितवन सेरोफेरो

    चितवन क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेलाई माओवादीका डा.अधिकारीले पछ्याउँदै

    चितवन/चितवन क्षेत्र नं ३ को पछिल्लो मतपरिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ३ हजार ८७ मत प्राप्त गर्दा माओवादी केन्द्रका डा भोजराज अधिकारी २८ सय ४१ मत ल्याएर पछ्याइहेका छन् । माछा चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार दिनेश कोइराला चौँथो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले २७ सय २०…

    Read More
  • मुख्य पृष्ठ

    पश्चिम नवलपरासी-१ मा विनोद चौधरीको अग्रता कायमै

    नवलपरासी/पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका विनोद चौधरीले ३३५८ मतसहित अग्रता लिइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ३०५१ मतसहित दोश्रो स्थानमा रहेका छन् । त्यस्तै ह्रदयेश त्रिपाठी २५६८ मतसहित तेश्रो स्थानमा रहेका छन् ।  

    Read More
  • मुख्य पृष्ठ

    गोरखा क्षेत्र नम्बर २ मा प्रचण्डको अग्रता

    गोरखा/गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ हजार ७ सय ८५ मतसहित अग्रता कायमै राख्नु भएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ९ सय ३५ र नेकपा एमालेका अब्दुस सलाम मियाँले ८ सय ६४ मत पाउनु भएको छ ।

    Read More