समानुपातिकतर्फ नेकपा एमालेको अग्रता, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रो स्थानमा

काठमाण्डौ/समानुपातिकतर्फ नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजा अनुसार समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले ५३ हजार ३६० मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ४८ हजार ३७९ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले प्रतिनिधि सभा २३ हजार ५८१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै माओवादी केन्द्रले २० हजार ९ सय मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ । पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । राप्रपाको प्रतिनिधि सभा समानुपातिकतर्फ ११ हजार ४०५, जनमत पार्टीको ४ हजार ४६१, नेपाल मजदुर किसान पार्टीको ४ हजार १३३, जनता समाजवादी पार्टी, नेपालको ३ हजार ७७३, नेकपा ९एकीकृत समाजवादी० २ हजार ४८४, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २ हजार ६३ र अन्य दलको मत ९ हजार ९२७ रहेको निर्वाचन आयोगले जनाएको छ ।