धादिङ क्षेत्र नं. १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै

धादिङ/धादिङ क्षेत्र नं. १ को मा प्रतिनिधी सभा तर्फ गल्छि गाउँपालिकाको मतगणना सकिएपछि थाक्रे गाउँपालिकाको ५ वटा वडाको मतगणना सम्पन्न भएको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर १, २,५,९ र ११ को मतगणना हुँदा एकिकृत समाजवादीको उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ । उक्त वडाहरुमा पाण्डेले ३०९३ मत लेराएका छन् भने एमालेका उम्मेदवार भुमि त्रिपाठीले २९१७ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ९५६ मत लेराएका छन् । यस्तै अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ३०० मत ल्याएका छन् भने २१८ मत बदर भएको छ ।
यसअघि गल्छि गाउँपालिकाको सम्पन्न मत गणनामा १८३ मतान्तरले उम्मेदवार पाण्डे अगाडी थिए ।
समग्रमा अहिले सम्म उम्मेदवार राजेन्द्र पाण्डेले ८४६४ भुमि त्रिपाठीले ८१०५, हिमेश पन्तले २५२१ मत लेराएका छन् । त्रिपाठी भन्दा पाण्डे ३५९ मतले अगाडी रहेका छन् ।