Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • विद्यालयको निःशुल्क खाजा खाँदा ३६५ जना बिरामी

    जकार्ता/इन्डोनेशियाको मध्य जाभामा विद्यालयमा वितरण गरिएको निःशुल्क खाजा खाँदा ३६५ जना बिरामी परेका छन्। राष्ट्रपति पाबोवो सुबियान्तोले सुरु गरेको निःशुल्क खाजा कार्यक्रममा यसअघि पनि खाद्य विषाक्तता (फुड प्वाइजनिङ) का घटना देखिएका थिए, तर यति धेरै मानिस एकैपटक बिरामी परेको यो पहिलो घटना हो। घटना भएपछि मध्य जाभाको श्रागेनमा निःशुल्क खाजा वितरण कार्यक्रम अस्थायी रूपमा रोकिएको…

    Read More
  • युक्रेनबारे अमेरिकाका राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति पुटिन भेटवार्ता आज

    काठमाडौं/अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (शुक्रबार) युक्रेनमा युद्ध अन्त्यका विषयमा अमेरिकाको अलास्कामा भेटवार्ता गर्दै छन्। ट्रम्पका अनुसार संवाद राम्रो भयो भने उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फोन गर्नेछन् र दोस्रो चरणको बैठकको व्यवस्था गर्नेछन्। तर जेलेन्स्की वार्ताका लागि तयार छन् कि छैनन् भनेर सोध्दा ट्रम्पले यसबारे अहिले अनुमान नलगाउने बताए।…

    Read More
  • मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

    दमौली/वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका–४ को आमडाँडा मोहोरिया…

    Read More
  • मनसुन क्रमशः कमजोर हुँदै

    काठमाडौँ/मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।…

    Read More
  • अपराध/दुर्घटना

    नवलपरासीमा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीको मृत्यु

    नवलपरासी/पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ पुलवारिमा सवारी दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। बिहीबार साँझ ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक ३५ वर्षीय राजकुमार बोहोराको मृत्यु भएको हो। मृतक बोहोरा ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा…

    Read More
  • लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

    तानसेन/लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल शेयर सदस्यहरुको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो । व्यवस्थापक बमरेलमाथि रु दुई करोड ८७ लाख ५७ हजार सहकारीको रकम ठगी गरेको आरोप छ । “सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक…

    Read More
  • दुग्ध उत्पादक किसानका दुग्ध विकास बोर्डले रु एक अर्ब र निजी क्षेत्रले रु तीन अर्ब भुक्तानी गर्न बाँकी

    चितवन/दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाईसमेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतवनी दिएका हुन् । सङ्घका अध्यक्ष…

    Read More
  • अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँः महत

    काठमाडौं/पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताउनुभएको छ । उहाँले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हालन खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ती गर्नुपर्ने बताउनु भयो । आज संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले विदेशमा पनि विदेशीहरुले नै कम्पनीहरुको नेतृत्व…

    Read More
  • रत्ननगरस्थित जिएसटि कलेजको आयोजनामा भोलि ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुने

    रत्ननगर/पुर्वी चितवनको रत्ननगर-१, निपनी स्थित जि.एस.टी.कलेजको आयोजनामा `लन्चप्याड सेलेब्रेटिङ्ग सक्सेस चार्टिङ फ्युचर्स´कार्यक्रम हुने भएको छ । स्थानिय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो। सो कार्यक्रम अन्तर्गत “ब्रेन ड्रेन टु ब्रेन गेन: टर्निङ लोकल एजुकेसन ईन्टु ग्लोवल एक्सेस” शीर्षकमा प्यानल डिस्कसन संचालन हुनेछ। रत्ननगर-१,निपनीस्थित होटल स्टारमा भोलि साउन २९ गते…

    Read More
  • अब गाउँघरमा रोपाइँ पनि ठेक्कामा !

    गलकोट(बागलुङ)/काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ । गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उहाँहरूले रोपाइँको चाजोपाजो मिलाउनुभएको हो । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था…

    Read More