नवलपुर–२ मा रास्वपाका खनाल निर्वाचित
नवलपुर,(नवलपरासी)/नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ४१ हजार ३४७ मतसहित निर्वाचित हुनुभएको हो । नेकपा(एमाले)का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गर्नुभयो । रासस

