Breaking News

हर्क साम्पाङको स्टाटसः अन्तिम समयसम्म पर्खनुस्, आत्तिनु पर्दैन

काठमाडौँ/सुरुवाती गणनामा दोब्बर मतले पछि परिरहेका सुनसरी-१ का उम्मेदवार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना कार्यकर्ता तथा समर्थकलाई नआत्तिन आग्रह गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तिम समय सम्म पर्खनुस्। आत्तिनु पर्दैन। मात्तिनु नि हुँदैन।’उनले अन्तिम नतिजा नआउँदासम्म धैर्य गर्न समर्थकलाई आह्वान गरेका छन्।