Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अब गाउँघरमा रोपाइँ पनि ठेक्कामा !

    गलकोट(बागलुङ)/काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ । गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उहाँहरूले रोपाइँको चाजोपाजो मिलाउनुभएको हो । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था…

    Read More
  • चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

    चितवन/सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण देखिएको छ । जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोगको सङ्क्रमण देखिएको हो । स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५ यता बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । जसमध्ये एकजना सिन्धुली र तीनजना चितवनका छन्…

    Read More
  • लोडसेडिङ नेपालका लागि विगत भइसक्योः ऊर्जामन्त्री खड्का

    काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताकासाथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने विश्वास व्यक्त गर्नुभयो । ऊर्जामन्त्री खड्काले भन्नुभयो, “नेपालले विद्युत् उत्पादन र बिक्री वितरणमा गरेको…

    Read More
  • वनमन्त्री शाही र एमसिसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेटवार्ता

    काठमाडौँ/वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसिसीका सहायक उपाध्यक्ष जोन विङ्गलले भेटवार्ता गर्नुभएको छ । मन्त्रायलमा आज भएको भेटवार्तामा मन्त्री शाहीले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । एमसिसी परियोजनाका लागि निरन्तर सहकार्य गरेकामा अमेरिकी सरकारको प्रशंसा गर्दै उहाँले यस सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन र स्तरोन्नतिसहितका राजमार्ग…

    Read More
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले…

    Read More
  • कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

    कञ्चनपुर/कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिनुभयो । “बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ”, उहाँले भन्नुभयो, “स्थानीय प्रतिनिधि, सङ्घसंस्था, प्रहरी र स्थानीय…

    Read More
  • जलगदुल्लाबाट १०६ मेगावाट क्षमता जलविद्युत् निकालिने

    काठमाडौँ/कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा ठीक एक बर्ष ढिला गरेर आयोजनाको प्रवद्र्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । कूल १०६ मेगावाट क्षमताको सो आयोजना…

    Read More
  • ‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’

    बलेवा (बागलुङ), /काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाड्नुभयो । उहाँले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थाल्नुभएको छ । अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उहाँको गुनासो छ । “घरमा बूढाबूढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको छ” कँडेलले भन्नुभयो, “बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेका…

    Read More
  • कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस दैलेखका पूर्वसभापति रवीन्द्रराज श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी हिजो निधन हुनुभएका श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । सभापति देउवाले नेपाली कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त…

    Read More
  • प्राप्त उपलब्धि रक्षा गर्नु पहिलो कामः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    दोधारा चाँदनी,(कञ्चनपुर)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताउनुभएको छ । महेन्द्रनगरमा आज नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरको उद्घाटन समारोहमा उहाँले वीर सहिदले अहिलेसम्मको सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताउनुभएको हो । विसं २००६ मा कम्युनिष्ट नेता नरबहादुर कर्माचार्य…

    Read More