मोरङ–३ रास्वपाका कार्कीको अग्रता
सुन्दरहरैँचा/मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले एक हजार ८१० मतसहित उहाँलाई पछ्याइरहनुभएको छ ।
यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले एक हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गर्नुभएको छ । रासस

